मकवानपुरमा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

हेटौंडा । मकवानपुरमा आज भएको दुई फरकफरक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मकवानपुरको भीमफेदी र हेटौँडामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आज दिउँसो मकवानपुरको भीमफेदी–४, ठूलो गुन्डेङ भन्ने स्थानमा भैंसेतर्फ आउँदै गरेको ना२ह ४६८९ नम्बरको अटो आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ९० मिटर तल खोल्सिमा खस्दा अटो चालक भीमफेदी–२, भैंसे बस्ने ६५ वर्षीय सुब्बा बज्यु तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
त्यस्तै आजै मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११, थानाभर्याङमा नवलपुरबाट हेटौंडातर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ च ६९४३ नम्बरको मालवाहक गाडीले ठक्कर दिँदा हेटौँडा–१४, नयाँबस्ती बस्ने ५० वर्षीया शान्तिमाया मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेकतर्फ लाग्दै भेडाका बथान
-
डिजिटल कर्णाली कन्क्लेभ : डिजिटल कर्णाली बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास
-
रौतहट सशस्त्र प्रहरीको स्थापना दिवसमा रक्तदान
-
रातो मच्छिन्द्रनाथको मूर्तिमा रंग लगाउने काम अन्तिम चरणमा (तस्बिरहरू)
-
गौरीटारमा फुटबल मैदानको उद्घाटन
-
फेडका हाकिमलाई निकाल्ने कुनै आशय छैनः ट्रम्प