दूधको मूल्य लिटरमा ११ रुपैयाँ बढाउने डीडीसीको निर्णय
बुधबार, ०१ चैत २०७९, २२ : ५६

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी)ले बिहीबारदेखि लागु हुनेगरी दूधको मूल्य प्रतिलिटर ११ रुपैयाँ बढाउने निर्णय गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग छलफलपछि सो निर्णय भएको दुग्ध विकास संस्थानका सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।
यसअघि सरकारले किसानका लागि दूधको मूल्य निर्धारण गरेको र संस्थाकै आन्तरिक लागत समेत बढ्ने भएकाले दूधको मूल्य बढाउनु परेको उनले बताए । धेरै क्षेत्रको दूध संकलन गरेर ल्याइ त्यसलाई प्रशोधनपछि वितरण गर्नु पर्ने भएकाले लागत बढ्न गई प्रतिलिटर ११ रुपैयाँले मूल्य बढाउनु परेको उनको भनाइ छ ।
यससँगै दूधको मूल्य अब ८६ रुपैयाँबाट बढेर ९७ रुपैयाँ पुग्ने भएको छ । यस्तै प्याकेट ४३ रुपैयाँ पर्ने स्टान्डर दूधको मूल्य अब ४८.५० रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरिटोक्रेसी मिचेर दोस्रो वरीयतामा रहेकालाई सहायक क्याम्पस प्रमुख नियुक्त गरेपछि असन्तुष्टि
-
शानदार जितसँगै दोस्रो स्थानमा उक्लियो गुजरात
-
हिमालय एअरलाइन्स्ले पोखरालाई ल्हासासँग जोड्न हप्तामा एक उडान गर्दै
-
कुमाल बस्तीको ६ घरगोठ आगलागीबाट नष्ट
-
‘कानुनी जटिलताका कारण रेल घाटामा गइरहेको छ’
-
चलेदेखि घाटामा रेल, सय वर्षपछि कार्गोको आस