चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने होन्डुरसको घोषणा

तेगुसिगल्पा । होन्डुरसले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने घोषणा गरेको छ । यो घोषणासँगै ताइवानसँगको लामो समयदेखिको होन्डुरसको आधिकारिक सम्बन्ध विच्छेद हुनेछ ।
राष्ट्रपति जिओमारा क्यास्ट्रोले विदेशमन्त्री एडुआर्डो रेनालाई जनवादी गणतन्त्र चीनसँग आधिकारिक सम्बन्ध स्थापना गर्न निर्देशन दिएका छन् । राष्ट्रपति क्यास्ट्रोले चुनावी अभियानको क्रममा गत साता आफ्नो सरकारले चीनसँग जलविद्युत् बाँध निर्माणका निम्ति वार्ता गरिरहेको घोषणा गरेका थिए ।
होन्डुरस सरकारले ताइपेईसँग आधिकारिक रूपमा सम्बन्ध तोडेको हो कि भन्नेबारे तत्काल टिप्पणी भने गरेको छैन । यद्यपि बेइजिङको ‘एक चीन’ सिद्धान्तअनुसार कुनै पनि देशले चीन र ताइवान दुवैसँग आधिकारिक कूटनीतिक सम्बन्ध राख्न सक्दैनन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले एक चीन सिद्धान्तका आधारमा चीन होन्डुरस र विश्वका अन्य देशहरूसँग मैत्री एवम् सहयोगात्मक सम्बन्ध विकास गर्न बेइजिङ सधैँ इच्छुक रहेको बताएका छन् ।
ताइवानलाई आधिकारिक रूपमा मान्यता दिने १४ देशमध्ये होन्डुरस एक हो । स्वशासित टापु ताइवानलाई चीनले आवश्यक भएमा बल प्रयोग गरेर आफ्नो मुख्यभूमिमा विलय गराउनसक्ने बताउँदै आएको छ । चीनको एक राज्य दुई नीतिअन्तर्गत ताइवानमा शासन सञ्चालन भइरहेको छ ।
यसैबीच, बेइजिङले बुधबार होन्डुरसले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने निर्णयको स्वागत गरेको छ । प्रवक्ता बाङले “हामी होन्डुरसको सान्दर्भिक वक्तव्यको स्वागत गर्दछौँ,” नियमित पत्रकार सम्मेलनमा भनेका छन् । (रासस /एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक कफीखेतीमा जुट्दै हतुवागढीका किसान
-
सर्लाहीमा रेबिज भ्याक्सिनको चरम अभाव, बिरामीहरू महँगोमा निजी क्लिनिक जान बाध्य
-
वर्षमान र जनार्दनलाई दायाँबायाँ लगाएर मर्निङवाकमा प्रचण्ड
-
आजदेखि माओवादीको तराई–मधेस जनजागरण अभियान ः के–के हुँदैछ ?
-
पाकिस्तानको भविष्य तय गर्ने न्युजिल्याण्ड र बंगलादेशको भिडन्त आज
-
बागमती गोल्डकप : चर्च ब्वाइज र मच्छिन्द्र क्लब भिड्दै