सामसङले ल्यायो ‘एम सिरिज’ स्मार्ट फोन, अब दराज एपबाट प्रि–अर्डर गर्नसकिने

काठमाडौँ । सामसङले दराजबाट ग्यालेक्सी एम–४ को प्रि–अर्डर खुल्ला गरेको छ । ग्यालेक्सी एम सिरिजको पपिल्लो संस्करणले युवा पुस्ताका आवश्यकता पूरा गर्न अतुलनीय अनुभव र अद्वितीय सन्तुष्टि वाचा गर्छ ।
ग्यालेक्सी एम–४ र्याम प्लसका साथ ८ जीबी र्यामसम्म बढाउन सकिने विशेषता उपलब्ध रहेको कम्पनीले जनाएको छ । र्याम प्लसले प्रयोगकर्ताहरुलाई आवश्यकता बमोजिम र्यामको स्टोरेज वृद्धि गर्ने सुविधा प्रदान गर्ने जनाइएको छ ।
यसमा मिडिया टेक हेलियो पि ३५ प्रोसेसर जडित छ । जुन २.३ गेगाहर्जसम्म चलाउन सकिन्छ । प्रयोगकर्ताहरूले परिष्कृत कार्यसम्पादन, सहज मल्टिटास्किङ, सजिलो एप नेभिगेसन र निर्वाध गेमिङ अनुभव गर्नेसक्नेछन ।
ग्यालेक्सी एम०४ मा प्रभावशाल अवलोकन अनुभूतिका लागि ६.५ इञ्चको डिस्प्ले रहेको । ठूलो स्क्रिनले टेक सावी प्रयोगकर्ताहरूलाई सोशल मिडियाहरू सजिलैसँग प्रयोग गर्न मद्दत गर्दछ । चलचित्र प्रेमीहरूले बिना कुनै रोकावट आफ्नो मनपर्ने फ्लिमको आनन्द लिन सक्छन् ।
यो फोनमा ५००० यम ए यच ब्याट्री जडित लामो समयसम्म टिक्छ र इन–बकस चार्जरसहित उपलब्ध छ । ग्यालेक्सी एम०४ ले पावर९बचत मोडलाई समर्थन गर्दछ जुन तपाईंको प्रयोगमा अनुकूल हुन्छ र ब्याट्री ५०५ भन्दा माथि छ ।
ग्यालेक्सी एम०४ को ४ जिबि प्लस ६४ जीबी खाले मोबाइलको बजार मूल्य १५ हजार ९९९ र ४ जीबी प्लस १२८ जीबीको बजार मूल्य १७ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्षपछि पोखरामा पिउने पानी पूरै शुद्ध बनाउन सकिन्छ
-
प्रिमियरमा ‘फेरि रेशम फिलिली’ : कसले के भने ?
-
महाशिवरात्रि : जीवनको सर्वोत्तम व्रत
-
पैसा तिरेर पानीसँगै रोग किनिरहेका छौँ
-
सूर्यविनायकमा पूजा गर्दै ‘माग्ने राजा’ को छायाङ्कन सुरु
-
नेतन्याहूले दक्षिणी सिरियालाई सैन्यमुक्त गर्ने सुझाव दिएपछि विरोध प्रदर्शन