सीबीफीनले गर्यो बैंकविरुद्ध भइरहेको आन्दोलनको विरोध

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसघं (सीबीफीन)ले बैंकविरुद्ध भइरहेको आन्दोलनको विरोध गरेको छ । सीबीफीनले एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय विभिन्न व्यवसायीक संस्थाले गरिरहेको आन्दोलनको विरोध गरेको हो ।
परिसंघले सुरक्षा निकाय, अस्पताल, बैंक तथा वित्तीय संस्था, एम्बुलेन्स, खानेपानी, फोहोर व्यवस्थापनलगायतका क्षेत्रलाई अत्यावश्यक सेवाका क्षेत्रकोरुपमा परिभाषित गरेको छ । यी क्षेत्रमा बन्द तथा हड्ताल जस्ता कार्य गर्न नपाइने स्मरण गराउँदै सीबीफीनले आन्दोलनको विरोध गरेको हो ।
आन्दोलन गर्न नहुने क्षेत्रको सूचीमा बैंक वित्तीय क्षेत्र समावेश भएपनि फागुन ३० गते मकवानपुरको सदरमुकामस्थित कुमारी बैंकको शाखा कार्यालय लगायतमा बैंकिङ सेवा अवरुद्ध गरिएको थियो । यस्तै, अत्यावश्यक बैंकिङ सेवा लिइरहेका सेवाग्राहीलाई सेवा लिनबाट वञ्चित गर्ने, धरपकड गर्ने र कार्यालय नै बन्द गर्न पत्र संप्रेषणसहित धम्की दिने जस्ता अत्यन्तै नियोजित गतिविधिहरुप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले विरोध जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा गरिने यस्ता धर्ना, धरपकड र कार्यालय नै बन्द गर्ने कार्यहरु तत्काल रोकी वार्ता तथा संवादको प्रक्रियामार्फत समस्या समाधानको आह्वान समेत सीबीफीनले गरेको छ । यस्तै, बैंकका शाखा कार्यालयहरुको सुरक्षाका लागि सीबीफीनले नेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, सुरक्षा निकायसहित सम्बन्धित व्यावसायिक संस्थाहरुलाई अनुरोध समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा विक्री गरिँदै थिए पाटपूर्जा
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई
-
विराटनगरमा एक बालकको मृत्यु
-
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर
-
राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड