मलावी र मोजाम्बिकमा चक्रवात फ्रेडीबाट २ सय १० जनाको मृत्यु
एजेन्सी । दक्षिण मलावी र मोजाम्बिकमा भीषण चक्रवात फ्रेडीका दुई सय जनाभन्दा बढीको मृत्यु भएको छ । मलावीमा एक सय ९० जनाको ज्यान गएको तथा मोजाम्बिकमा २० जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् ।
मलावीमा पाँच सय ८४ जना घाइते भएका तथा ३७ जना बेपत्ता भएका छन् भने छिमेकी मोजाम्बिकमा २४ जना घाइते भएका छन् । चक्रवातबाट जोगिएकाहरू प्रभावित क्षेत्रमा आफ्ना प्रियजनको खोजीमा लागेका छन् । मोजाम्बिकमा २२ हजारभन्दा बढी विस्थातिप भएका रेडियो मोजाम्बिकले जनाएको छ ।
मालवीको प्राकृति संशाधन तथा जलवायु परिवर्तन मन्त्रालयले चक्रवात क्रमशः कमजोर हुँदै गएको जनाए पनि देशको दक्षिणी भागमा भारी वर्षा हुने चेतावनी दिएको छ । बाढी पहिरोको जोखिम बढेको जनाउँदै उक्त मन्त्रालयले सतर्कता अपनाउन देशवासीलाई आग्रह गरेको छ । आज साँझदेखि अवस्था सामान्य हुने अपेक्षा उक्त मन्त्रालयले गरेको छ ।
आँधीबाट देशको राजधानी ब्लान्टायरमा व्यापक क्षति भएको छ । मङ्गलबार अपराह्नसम्म यहाँमात्र एक सय ५८ जनाको मृत्यु भइसकेको अधिकारीहरूले बताएका छन् । राजधानीका धेरै घर पहिरामा पुरिएका छन् । देशभर करिब ६० हजार प्रभावित भएका छन्भने १९ हजारभन्दा बढी विस्थापित भएका छन् । विस्थापित भएकाहरूले गिर्जाघर र विद्यालयमा आश्रय लिएका छन् । प्रभावित क्षेत्रका पुल र सडक भत्किएका छन् । प्रतिकूल मौसमका कारण खोज तथा उद्धारका प्रभावित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतन्याहूले दक्षिणी सिरियालाई सैन्यमुक्त गर्ने सुझाव दिएपछि विरोध प्रदर्शन
-
५ अर्ब खर्चिंदा पनि शुद्ध भएन पोखराको पानी
-
महाशिवरात्रिको अवसर पारेर ‘कमेडी किड्स’को अडिसन खुला
-
सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
-
अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता
-
अलमल चिर्दै पार्टी दायाँबाट बायाँतर्फ सिफ्ट भएको छः प्रचण्ड