आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रदेशको पर्यटन प्रवर्द्धनमा केन्द्रित हुन मुख्यमन्त्री जम्मरकट्टेलको ध्यानाकर्षण

बुधबार, ०१ चैत २०७९, ११ : ४७
बुधबार, ०१ चैत २०७९

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायी सङ्घ, नेपाल बागमती प्रदेशका प्रतिनिधि मण्डलले मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई भेटी समग्र प्रदेशको पर्यटन प्रवर्द्धनमा केन्द्रित हुन आग्रह गरेका छन् । हालै मात्र प्रदेश राजधानी हेटौँडामा पुगेका व्यवसायीहरूले बागमती प्रदेश भित्रका पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण स्थान वा धरोहरहरूको पहिचान गरी सोको प्रचार प्रसार एवम् पर्यटन प्रवर्द्धनमा केन्द्रित हुन मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराएका हुन् ।

सोही अवसरमा व्यवसायीहरूले पर्यटन क्षेत्रको एक मुख्य हिस्सेदार होटेल व्यवसायको स्तर वृद्धि तथा संरक्षणको खाँचो रहेको बताउँदै त्यसका लागि कानुनी तथा व्यवहारिक नीतिगत सहजीकरण गरिदिन समेत मुख्यमन्त्रीसँग आग्रह गरेका छन् । 

खास गरी कोभिड–१९ को प्रभाव पर्यटन उद्योग र व्यवसायीहरूमा परेको समस्या, विश्व आर्थिक मन्दी र त्यसले ल्याएको समस्याको निराकरणमा प्रदेश सरकार केन्द्रित हुनुपर्ने व्यवसायीहरूको माग छ । 

छलफलका क्रममा मुख्यमन्त्री जम्मरकट्टेलले प्रदेश अन्तर्गतका होटेल व्यवसायीहरूको व्यावसायिक स्तरोन्नति र सेवाको स्तर वृद्धिका लागी राज्यका तर्फबाट सक्दो सहयोग हुने विश्वास व्यक्त गरे । 

पर्यटन क्षेत्रको विकास एवम् प्रवर्द्धनमा प्रदेश सरकार सधैँ सकारात्मक रहेको बताउँदै मुख्यमन्त्री जम्मरकट्टेलले होटेल तथा पर्यटन व्यवसायी सङ्घ बागमतीसँग प्रदेश सरकार सहकार्य गर्दै अघि बढ्न तयार रहेको बताए । 

होटेल तथा पर्यटन व्यवसायी सघं, नेपाल बागमती प्रदेशका अध्यक्ष दामोदर नेपालको नेतृत्वमा गएको प्रतिनिधि मण्डलमा सङ्घका प्रथम उपाध्यक्ष निप्पु सर्राफ, सहसचिव हरिगोपाल सापकोटा, सदस्य रामशरण नेपाल, मकवानपुर होटेल एसोसिएसनका अध्यक्ष दिलिश गोविन्द जोशी तथा उपाध्यक्ष कल्याण पौडेल सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप