शाहरुखको ‘जवान’ अक्टुबरमा आउने
बुधबार, ०१ चैत २०७९, ११ : ४०

मुम्बई । अभिनेता शाहरुख खानको पछिल्लो रिलिज फिल्म ‘पठान’ ले अहिले पनि बक्स अफिसमा राम्रो ब्यवसाय गरिरहेको छ । शाहरुख भने अहिले फिल्म ‘जवान’ को काममा ब्यस्त छन् । शाहरुखका फ्यानका लागि ‘जवान’ प्रतिक्षित फिल्म बनेको छ । मिडिया रिपोर्टअनुसार फिल्मको रिलिज मिति परिवर्तन भएको छ । फिल्म पहिले जुनमा रिलिज गर्ने बताइएको थियो । अहिले फिल्म अक्टुबर आउने भनिएको छ । ‘पठान’ मा एक्सन अवतारमा देखिएका शाहरुख जवानमा रोमान्टिक अवतारमा समेत देखिँदैछन् ।
मिडियासँगको कुराकानीमा अभिनेता शाहरुखले पनि फिल्मको रिलिज डेट परिवर्तन हुन सक्ने बताएका छन् । उनले ‘जवान’ ठुलो बजेटको फिल्म भएकोले काम पुरा गर्न समय लाग्ने बताएका हुन् । फिल्मका निर्देशक एटली हुन् । फिल्ममा शाहरुखका अलवा अभिनेत्री नयनतारा, विजय सेतुपति र दीपिका पादुकोणको समेत मुख्य भूमिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्वालालाई ३ दिनभित्र बयानका लागि उपस्थित हुन सर्वोच्चको आदेश
-
सहकार्यमा धोका भएको भन्दै एमाले निकट ११ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता
-
मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, २ जना घाइते
-
हेटौँडा अस्पतालको बोर्डबाट युवाहरूले प्रतिष्ठानको नाम मेटाए
-
प्रेम सम्बन्धमा दरार आएपछि पुरुषको चरित्र हत्या, पक्राउ परिन् युवती
-
बोडेको जिब्रो छेड्ने परम्परा : आस्था, पीडा र पुनर्विचार