दुई हजारभन्दा बढी विदेशी विद्यार्थीले स्नातक तहको चिकित्सा शिक्षा पढ्न पाउने

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको विदेशी समूह, सशुल्क र छात्रवृत्ति लगायतका समूहको सिट बाँडफाँट गरेको छ । देशभरका २३९ शिक्षण संस्थाहरूले यो वर्ष स्नातक तहमा ७ हजार ६५९ सिट बाँडफाँट गरिएको छ । जसमा २ हजार २३ जना विदेशी विद्यार्थीका लागि सिट छुट्टाइएको आयोगले जनाएको छ । त्यसमा सबैभन्दा बढी एमबीबीएस अध्ययनका लागि छुट्टाइएको छ । जसमा ५५७ सिट तोकिएको छ ।
त्यस्तै बीएसन नर्सिङका लागि ३४९ सिट, बीएनएसका लागि २९२ सिट, बीपीएचका लागि २३२ सिट, बी फार्मका लागि २२८ सिट, बीडीएसका लागि १७५ सिट विदेशी विद्यार्थीका लागि तोकिएको छ । शुल्क तिरेर ३ हजार २८२ ले स्नातक तह चिकित्सा शिक्षा पढ्न पाउनेछन् । त्यस्तै पूर्ण छात्रवृत्तिमा २ हजार २४९ जनाले पढ्न पाउने छन् । त्यस्तै ५५ प्रतिशत छात्रवृत्तिका लागि १ हजार २३५ सिट, ४५ प्रतिशत छात्रवृत्तिका लागि १ हजार १४ सिट तोकिएको आयोगले जनाएको छ ।
आयोगले यसअघि २३ फागुन २०७९ मा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रम र शिक्षण संस्थाहरूमा सिट निर्धारण गरेको थियो । सोही आधारमा ३० फागुन २०७९ मा बसेको कार्यकारी समितिको बैठकले विदेशी समूह, सशुल्क र छात्रवृत्ति (खुला तथा आरक्षण) लगायतका समूहको सिट बाँडफाँट गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रा, आज कसको मूल्य कति ?
-
आज विश्व सम्पदा दिवस मनाइँदै
-
आजदेखि तीन दिन कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली