रोनाल्डो आबद्ध अल नासर किङस कपको सेमिफाइनलमा
बुधबार, ०१ चैत २०७९, ०७ : ३०

काठमाडौं । क्रिस्टियानो रोनाल्डो आबद्ध अल नासर क्लब किङ्स कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
घरेलु मैदानमा अभा क्लबलाई ३–१ ले पराजित गर्दै अल नासरले सेमिफाइनलमा प्रवेश गरेको हो ।
मंगलबार राति एमआरसुल पार्क रियादमा भएको खेलको पहिलो मिनेटमा नै अल नासरका सामी अल नाजेईले गोल गर्दै क्लबलाई १–० को अग्रता दिलाए ।
२१औं मिनेटमा अब्दुल्लाह अल्खाईवारीले अर्को गोल गरेपछि अल नासर पहिलो हाफमा नै २–० को अन्तरले अग्रता लियो ।
पहिलो हाफको ४९औं मिनेटमा मोहम्मेद मरनले गोल गरेपछि अल नासर जिततर्फ अग्रसर बन्यो तर ६९औं मिनेटमा अभाका अब्देल फटाह एडामले जवाफी गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए ।
त्यसपछि गोल हुन नसके पनि अल नासरले ३–१ को जीत हासिल गर्दै सेमिफाइनलको यात्रा सुनिश्चित गर्न पुग्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले कहाँ–कहाँ छ राजमार्ग अवरुद्ध ?
-
काठमाडौँबाट रामेछाप जाँदै गरेको यात्रुवाहक बस रोशीमा दुर्घटना
-
डोमिनिकन गणतन्त्रमा क्लबको छत भत्किँदा १८४ जनाको मृत्यु
-
गाजाको ठुलो हिस्सा कब्जा गरिरहेछ इजरायल, २३ को गयो ज्यान
-
सलमानको ‘सिकन्दर’ले पाउनै छाड्यो दर्शक
-
ट्रम्प ट्यारिफमाथि चीनको जवाफ– हामी चुप लागेर बस्ने छैनौँ