मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सोलर बत्तीमाथि राखिएको विज्ञापन बोर्ड हटाइयो

बुधबार, ०१ चैत २०७९, ०६ : ४६
बुधबार, ०१ चैत २०७९

काठमाडौँ महानगरपालिकाले दरबारमार्गको पार्किङ हटाएको करिब एक महिनापछि सोलार बत्तीमाथि राखिएको विज्ञापन बोर्ड हटाएको छ । कामपाले ७ वर्षअघिको सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न भन्दै सो होर्डिङ बोर्ड हटाएको जनाएको छ ।

कामपा राजस्व विभागले शहरलाई कुरूप हुन नदिन होर्डिङ बोर्ड हटाएको जनाएको छ । करिब एक महिनाअघि दरबारमार्गको सडकमा राखेको पार्किङ हटाएपछि आन्दोलित भएका त्यहाँका व्यापारी मंगलबार विज्ञापन हटाएपछि थप आक्रोशित भएका छन्।

सोलारबत्तीको पोलको प्रचार समग्री हटाउन खोज्दा विवाद भएको थियो । तर, कामपा प्रहरीले आदेश पालना गर्नुपर्ने जनाउँदै सबै पोलबाट प्रचार सामग्री हटाएको थियो। सर्वोच्चले २०७२ भदौ १६ गते सबै शहरको सौन्दर्य कायम गर्न पोल, पर्खाललगायत सबै क्षेत्रबाट सबै प्रकारका पोस्टर, पम्प्लेट, बोर्ड, पचलगायतका वातावरणमा प्रत्यक्ष असर गर्ने सामाग्री नराख्न आदेश दिएको थियो ।

कामपा नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले सर्वोच्चको आदेशअनुसार सोलार बत्तीको पोलमाथि राखिएको बोर्ड हटाइएको जानकारी दिए । उनले भने, 'ुशहरलाई कुरूप हुन नदिन र वातावरण स्वच्छता कायम गर्न बोर्ड हटाएका हौं।' 

कामपा सार्वजनिक निजी साझेदारी कार्यक्रम प्रमुख महेश काफ्लेले दरबारमार्ग विकास बोर्डले एक वर्षदेखि नवीकरण नगरी बिजुलीको पोलमा प्रचार सामग्री राखेको बताए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप