निजी गाडी बने ‘सार्वजनिक’ बन्दा नियमनकारी निकाय चुपचाप !
दार्चुला । जिल्लाको दोस्रो मुख्य ठूलो बजार तथा शैल्यशिखर नगरपालिकाको सदरमुकाम गोकुलेश्वर बजारमा रातो नम्बर प्लेटका निजी गाडीले सार्वजनिक यातायातले झै यात्रु ओसारपसार गर्न थालेका छन् ।
निजी सवारीसाधनले भाडाका यात्रु बोक्न नपाउने नियम छ । तर, गोकुलेश्वरमा रातो नम्बर प्लेटका निजी गाडीले भाडा लिई धमाधम यात्रु बोकिरहेका छन् । निजी जिपहरू गोकुलेश्वर बजारबाट यात्रु बोकेर झरकाँडा, बोहरीगाउँ, मार्मा, गन्ना, धुलीगडा, लेकमको रिठाचौपातलगायत जिल्लाका अन्य ठाउँमा जाने गरेका छन् । निजी जिपले सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको स्थानीयको भनाइ छ ।
सवारीको क्षमताअनुसार यातायात कार्यालयले सवारी अनुसार यात्रु बोक्ने क्षमताको स्वीकृति दिएको भए पनि गोकुलेश्वरबाट यात्रु बोकेर जिल्लाका अन्य ठाउँमा जाने रातो नम्बर प्लेटका जिपले क्षमताभन्दा बढी हुलका हुल यात्रु हालेर यात्रुलाई दुःख दिने गरेका छन् । भाडामा यात्रु बोक्ने सवारीसाधन फरक भए पनि रातो प्लेटले रिजर्भका नाममा यात्रुलाई लुट्नसम्म लुटेका छन् ।
यहाँ अधिकांश रातो प्लेटका सवारीसाधनले सवारी बोक्दा कालो प्लेट अर्थात् भाडाका सवारीसाधन मारमा पर्ने गरेका छन् भने राज्यलाई समेत राजस्वमा घाटा हुने गरेको छ ।
कालो प्लेटका सार्वजनिक सवारीसाधनले रुट परमिटबापतको कर, जाँचपास र तोकिएको रुट परमिट बेगर सडकमा सवारी सञ्चालन गर्न राजस्व तिर्नुपर्ने हुन्छ । तर, रातो नम्बर प्लेटका सवारीसाधनलाई नेपालभर सञ्चालन अनुमति हुने हुँदा कर तिर्नुपर्ने बाध्यता छैन ।
रातो नम्बर प्लेटका सवारीले भाडाका यात्रु बोक्दा कालो नम्बर प्लेट अर्थात् सार्वजनिक यातायातका सवारीधनी पनि मर्कामा पर्ने गरेका छन् । रातो प्लेटका सवारी भाडामा प्रयोग गर्दा स्वयं यात्रुलाई पनि समस्या हुने गर्छ । सार्वजनिक सवारीसाधनमा यात्रुको बिमादेखि औषधि उपचारको व्यवस्थासमेत हुन्छ । तर, निजीमा यो कुनै व्यवस्था हुँदैन । जसले गर्दा यात्रु पनि असुरक्षित हुन्छन् ।
गोकुलेश्वरमा चल्ने अधिकांश जिपका कागजपत्रसमेत नभएको पाइएको छ । यति हुँदासमेत सम्बन्धित निकायले चासो दिएको पाइँदैन । यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलिया भट्टले किशोर कुमारलाई नचिनेपछि...
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने