बेलायतमा भएको मैत्रीपूर्ण खेलमा हारे प्रिन्स
मङ्गलबार, ३० फागुन २०७९, २० : ४४

काठमाडौँ । विश्व जुनियरमा शीर्ष एकमा रहिसकेका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल र श्रीलङ्कन नम्बर एक तथा यु.के. नम्बर ७ दिनुका करुणारत्नेबीच मैत्रीपूर्ण खेल सम्पन्न भएको छ ।
प्रिन्सका लागि निकैनै महत्वपूर्ण रहेको खेलमा दानुकले प्रिन्स माथि १५–२१, १३–२१ को जित निकाले ।
प्रिन्स हिमालयन ब्याडमिन्टन क्लब, यु.के.को निमन्त्रणामा यु।के।को भ्रमणमा रहेका छन् ।
युकेको भ्रमणमा रहेका दाहाल र करुणारत्नेविच भएको खेलको ब्यवस्थापन हिमालयन ब्याडमिन्टन क्लब यु.के.का अध्यक्ष गंगा थापा गाहा मगर, सचिव निनम्बु बोधी क्रिजा र सहसचिव एम.सी. किरात राईले गरेको दाहालका साथमा रहेका प्रिन्सका मामा तथा व्यवस्थापक कमलेश निरौलाले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलौरीका अति विपन्न परिवारलाई सुरक्षित घर
-
आधुनिक यन्त्रले किसानलाई आलु खेती गर्न सहज
-
ट्रम्पसँग बाझेर ह्वाइटहाउसबाटै बाहिरिए जेलेन्स्की, भने-पुटिनसँग कुनै सम्झौता हुन्न
-
ढोरपाटनमा हिमपात, जनजीवन प्रभावित
-
रातोपाटी ब्रिफिङ : बालेनलाई शंकर पोखरेलको कडा जवाफदेखि गण्डकीले खारेज गर्यो दुग्ध विकास बोर्डसम्म
-
तरूण कपको उपाधि घतान र अन्नपूर्णलाई