दक्षिण कोरियाका दुई सय तीर्थयात्रीलाई लुम्बिनीमा स्वागत

बुटवल । दक्षिण कोरियाबाट बुद्धस्थलहरुको पैदल यात्रामा निस्केका दुई सय कोरियाली बौद्ध भिक्षु र तीर्थयात्रीहरु लुम्बिनी आइपुगेका छन । उनीहरुलाई लुम्बिनी विकास कोषले मंगलबार स्वागत गरेको छ ।
कोरियाका अग्रज भिक्षु छासुङ्ग सहितका धर्मगुरु र तीर्थयात्रीहरुलाई रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तय), लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन मुसलमान लगायतले खादा ओढाएर स्वागत गरेका हुन् ।
प्रतिनिधिसभा सदस्य घिमिरेले बौद्ध भिक्षु सहितको टोलीलाई स्वागत गर्दै नेपाल र दक्षिण कोरियाबिचको सम्बन्ध थप प्रगाढ बनेको बताए । उनले नेपाल र दक्षिण कोरियाबिच धार्मिक रुपमा मात्रै नभई रोजगारीका हिसाबले पनि सम्बन्ध जोडिएको बताए ।
नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकले धर्मगुरु सहितका तीर्थयात्रीहरुलाई बुद्धजन्मस्थल मायादेवी प्राङ्गणमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । उनले दक्षिण कोरियासँग नेपालको सम्बन्ध बुद्ध जन्मस्थल लुम्बिनीले झनै प्रगाढ बनाएको बताए ।
कोषका उपाध्यक्ष भिक्षु मैत्तयले फागुन महिना भगवान गौतमबुद्धको जीवनमा निकै ठूलो महत्त्वको महिना भएको बताउँदै यही महिनामा बुद्धमार्गलाई पछ्याउँदै एक हजार किलोमिटरको दुरी पूरा गरी कष्टका साथ लुम्बिनीसम्म आइपुग्नु बौद्धमार्गीहरुका लागि खुसीको क्षण रहेको बताए ।
दक्षिण कोरियाको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालय अन्तर्गत दर्ता भएको बौद्धसंस्थाले २ सय कोरियाली बौद्ध भिक्षु–भिक्षुणीसहितका तीर्थयात्रीलाई पैदल यात्रा गराई लुम्बिनी ल्याएको हो ।
भारतस्थित बोधगया, शारनाथ, कुशीनगर हुँदै पैदलयात्रीहरु लुम्बिनी आइपुगेका हुन् । मायादेवी मन्दिरभित्र रहेको बुद्ध जन्म स्मारक (मार्कर स्टोन), पवित्र पुस्करणी ताल, अशोक स्तम्भको अवलोकनसँगै मायादेवी प्राङ्गणमा विश्वशान्तिको कामना गर्दै अग्रज भिक्षु छासुङ्गले प्रवचन दिएका थिए ।
कोरियाली बौद्ध धर्माम्वलम्बीहरुको टोली बुधबार बिहान कक्रहवा नाका हुँदै भारततर्फ पैदल फर्कनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घरेलु मैदानमा पनि हार्यो रियाल मड्रिड
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल