काठमाडौँ उपत्यका उपप्रमुख सञ्जाल गठन
काठमाडौँ । मंगलबार ‘काठमाडौँ उपत्यका उपप्रमुख सञ्जाल गठन भएको छ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बालाजुस्थित बाइसधाराको सभा कक्षमा बसेको उपप्रमुखहरुको बैठकले सञ्जाल गठन गरेको हो ।
उपप्रमुख–उपाध्यक्षका कामका सम्बन्धमा समान बुझाइ विकास गर्न, कार्य प्रणालीमा एकरुपता ल्याउन, साझा सवालमा सहकार्य तथा समन्वय गर्न, असल अभ्यास र सिकाइ आदान प्रदान गर्न, समस्या र चुनौती सामना गर्न साझा निर्माण गर्ने उद्देश्यले सञ्जाल निर्माण गरिएको हो ।
सञ्जालले सामूहिक प्रयत्नमा क्षमता विकास र कानुनी तथा संस्थागत विकासको प्रबन्धमा सहकार्य गर्नेछ ।
उपप्रमुख–उपाध्यक्षलाई न्याय सम्पादन, अनुगमन तथा सुपरिवेक्षण, गैरसरकारी संघ संस्था परिचालन तथा समन्वय, नीति, योजना, कार्यक्रम तथा बजेट तर्जुको अधिकार दिएको छ । यस्तै राजस्व परामर्श समिति, नगर सभा र कार्यपालिकाबाट गठन गरिएका विषयगत समितिहरुका बिचमा समन्वय र सहजीकरण गर्ने जिम्मेवारी दिइएको छ ।
एउटै भूगोलमा प्रशासनिक विभाजनबाट गठन गरिएका पालिकाहरुको कार्य सम्पादनमा एकरुपता ल्याउन सञ्जालको महत्त्वपूर्ण भूमिका हुने बैठकका अध्यक्ष एवं महानगरका कार्यवाहक प्रमुख डंगोलको भनाइ छ ।
सञ्जालको हरेक महिना बैठक बस्ने बताइएको छ । बैठकले अर्को बैठकको मिति र स्थान तय गर्नेछ । यसरी तय भएको बैठक जुन पालिकाले आयोजना गर्ने हो, बैठकको अध्यक्षता पनि त्यही पालिकाका उपप्रमुख तथा उपाध्यक्षको हुनेछ । हरेक बैठकमा उपप्रमुखको कार्य क्षेत्रसँग सम्बन्धित एउटा विषयमा विज्ञको प्रस्तुतीकरण र छलफल गरिने योजना बनाइएको छ ।
मंगलबार काठमाडौँ महानगरपालिकाले आयोजना गरेको बैठकमा जिल्ला अदालतका मुख्य न्यायाधीश राजुकुमार खतिवडाले स्थानीय विवाद निरुपणको अभ्यास, न्यायिक समिति र अदालतको सम्बन्ध विषयमा प्रस्तुतीकरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्छ : मुख्यमन्त्री कँडेल
-
पूर्णबहादुरको सारङ्गी : ‘बा’को कथा कि गन्धर्व लोकजीवनको उजागर ?
-
दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
-
भाटभटेनी र रिन्यु होल्डिङ्सबिच सौर्य विद्युत् उत्पादनको सम्झौता
-
सात लाख बढीको भन्सार छलीको समान बरामद
-
सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क