राजनीति
कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक
मङ्गलबार, ३० फागुन २०७९, १८ : ०९

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । केन्द्रीय कार्यालय सानेपामा बुधबार बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बस्न लागेका महामन्त्री गगन थापाले रातोपाटीलाई बताए । उनका अनुसार बैठकमा उप–राष्ट्रपतिको चुनाव केन्द्रित हुने छ ।
चैत ३ गते हुने उप–राष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहायप्रसाद यादव र जनमतबाट ममता झा उम्मेदवार छन् । जसपाका उम्मेदवार यादवलाई कांग्रेस, माओवादी र एकीकृतको पनि समर्थन छ ।
गठबन्धन सम्बद्ध लोसपा र नाउपाले जनमतकी उम्मेदवार झालाई समर्थन गरेको अवस्था छ । कांग्रेसको बैठकमा भोलि सरकार पुनर्गठन र मन्त्रीको विषयमा छलफल हुने बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढी हाफ म्याराथनको उपाधि सेनाका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक
-
राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ
-
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने
-
१० बजे १० समाचार : एमाले बैठकमा ज्ञानेन्द्र र प्रचण्डको चर्चा, भारतमा दुर्गा प्रसाईंले क–कसलाई भेटे ?