राजनीति
उपराष्ट्रपतिमा गठबन्धन विभाजित भएपछि चार दलको बैठक बस्दै
मङ्गलबार, ३० फागुन २०७९, १८ : ०२

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष चार दलको बैठक बस्दैछ । उप–राष्ट्रपतिका सन्दर्भमा आज साँझ प्रधानमन्त्रीको कार्यालय बालुवाटारमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादीको बैठक बस्न लागेको हो ।
राष्ट्रपति निर्वाचनमा एक ठाउँमा उभिएको १० दलीय गठबन्धन उप–राष्ट्रपति निर्वाचनमा तितरबितर भएपछि चार दलबीच छलफल हुन लागेको देखिन्छ । चैत ३ गते हुने उप–राष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहायप्रसाद यादव र जनमतबाट ममता झा उम्मेदवार छन् । जसपाका उम्मेदवार यादवलाई कांग्रेस, माओवादी र एकीकृतको पनि समर्थन छ ।
गठबन्धन सम्बद्ध लोसपा र नाउपाले जनमतकी उम्मेदवार झालाई समर्थन गरेको अवस्था छ । झाकाे उम्मेदवार निष्क्रिय पार्न जसपाले कांग्रेस, माओवादी र एकीकृत समाजवादीको साथ खोजेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानी अभिनेत्री हानिया आमिरलाई भारतीय फ्यानले पानीको बोतल पठाएपछि...
-
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड प्रमुख कार्यकारी निर्देशकको राजीनामा माग
-
वैदेशिक रोजगार विभागको महानिर्देशकमा भट्टराई
-
समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला
-
लुम्बिनी सरकारले दुई नयाँ सचिवको जिम्मेवारी तोक्यो
-
रेशम चौधरीबारे फैसला कार्यान्वयनको पत्र, ‘कैदमा राख्नु सिधा खर्च दिनु’