उपराष्ट्रपति निर्वाचन : गठबन्धन बैठकको पर्खाइमा लोसपा र जनमत

काठमाडौँ । जनमत पार्टीबाट उपराष्ट्रपति पदको उम्मेदवार ममता झाको प्रस्तावक र समर्थक रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सत्ता गठबन्धनको बैठकको परखाइमा देखिएको छ । मत कसलाई हाल्ने भन्नेबारे लोसपा गठबन्धनको निर्णयको पर्खाइमा रहेको हो ।
फागुन २७ गते बसेको १० दलको बैठकमा उपराष्ट्रपतिको साझा उम्मेदवारमा कुरा नमिलेपछि जनमत पार्टीले छुट्टै उम्मेदवार खडा गरेको थियो । यद्यपि उम्मेदवारीका बीच पछि छलफल गरेर टुंगो लगाउने सहमति भएको थियो ।
सोहीअनुसार जनता समाजवादी पार्टीले रामसहाय यादव र प्रमिला यादव गरी दुई जनालाई उम्मेदवार बनायो भने जनमत पार्टीले ममता झालाई उम्मेदवार बनायो । पार्टीको निर्णयअनुसार प्रमिलाले आफ्नो उम्मेदवारी निष्क्रिय बनाइसकेकी छन् ।
रामसहाय यादवलाई माओवादी, काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीका समर्थन थियो । यस्तै जनमतका उम्मेदवारलाई लोसपा र नागरिक उन्मुक्ति पार्टीको समेत समर्थन थियो ।
चैत ३ गते हुने चुनावको मिति नजिक आएपनि हालसम्म गठबन्धनको बैठक बसेको छैन । लोसपा र जनमत समेत गठबन्धनको निर्णयकै पर्खाइमा छन् । लोसपाका कार्यकारिणी सदस्य केशव झाले सत्ता गठबन्धनबाट उपराष्ट्रपतिको एकजना मात्र उम्मेदवार रहने बताए । गठबन्धनले गर्ने निर्णय अनुसार मतदान गर्ने उनले बताए ।
फागुन २७ गते बसेको बैठकमा कुरा नमिलेपछि छुट्टाछुट्टै उम्मेदवारी दिने र पछि एउटामात्रै उम्मेदवार कायम गर्ने गरी छलफल गर्ने तय भएको उनको भनाइ छ । तत्काल जनमत पार्टीका उम्मेदवार ममता झालाई समर्थन गरेपनि गठबन्धनले गर्ने निर्णय अनुसार अगाडि बढ्ने उनले बताए ।
जनमत पार्टी पनि गठबन्धनको बैठकको प्रतीक्षामा छ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले उम्मेदवारी गराउने दिन सञ्चारकर्मीसँग कुरा गर्दै हाललाई पार्टीबाट उम्मेदवारी परेपनि गठबन्धनमा छलफल हुन बाँकी रहेको बताएका थिए । कसको उम्मेदवारी कायम राख्ने भन्नेबारेमा छलफल हुने उनको भनाइ थियो ।
जनमत पार्टीका एक नेताले गठबन्धनले तत्काल कुनै निर्णय गरे अघि बढ्न सहज हुने बताए । त्यसका लागि तत्काल बैठक बसेर निर्णय लिनुपर्ने उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशमा पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
महाशिवरात्रि नजिकिंदा मिथिला महाकुम्भ यात्राको तयारी
-
महाशक्तिशाली पोप फ्रान्सिसको अवस्था क्रिटिकल
-
हमासले मुक्त गरेका ६ बन्धक परिवार भेट्दै
-
सूर्यनारायणको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल
-
ला लिगामा बार्सिलोना र एटलेटिको मड्रिड अगाडि, रियाल तेस्रो स्थानमा झर्यो