चीनले विदेशी नागरिकलाई दियो राहत, बुधबारदेखि भिसा उपलब्ध गराउने
मङ्गलबार, ३० फागुन २०७९, १३ : ५९

चीनमा बुधबारदेखि विदेशी नागरिकलाई भिसा जारी गर्न सुरु गरिनेछ । कोरोना महामारी सुरु भएदेखि नै चीनमा लगाइएको प्रतिबन्धलाई हटाउने क्रममा यसलाई ठुलो निर्णय मानिएको छ ।
चीनको परराष्ट्र मन्त्रालयले मार्च २०२० भन्दा अघि जारी गरिएका यस्तो भिसा जुन अहिलेसम्म वैध छन्, त्यसमार्फत पनि विदेशी नागरिकलाई चीन आउने अनुमति दिइने बताइएको छ ।
महामारी सुरु हुनु अघिको वर्षमा ६० करोड विदेशी नागरिकले चीन भ्रमण गरेका थिए ।
विश्वभर यात्रा प्रतिबन्ध हटाइएपछि पनि चीनले प्रतिबन्धहरू कायम राखेको थियो । गत वर्षसम्म चीनमा कडा प्रतिबन्धहरू लागू थिए । लकडाउन र अन्य प्रतिबन्धका लागि मानिसहरूले सडकमा उत्रिएर आफ्नो रोष व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरिया पठाइदिन्छु भन्दै ३ लाख ठगी
-
शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउने प्रयास भयो : एमाले
-
शिक्षामन्त्रीले जवाफ दिनुपर्ने खतिवडाको माग
-
सरकारको नीति तथा कार्यक्रमका लागि के -के छन् संसद्का सुझाव ?
-
‘ट्रम्प प्रभाव’ले विश्वव्यापी रूपमा मानवअधिकार सङ्कटमा पर्ने एम्नेस्टी इन्टरनेसनलको चेतावनी
-
जाबो एउटा शिक्षा ऐन ल्याउन नसक्ने सरकारले देश चलाउँछ भन्नु दिवास्वप्न जस्तै हो : ज्ञानेन्द्र शाही