एकदिवसीय शृङ्खलामा स्मिथले नै कप्तानी सम्हाल्ने

नयाँ दिल्ली । आमाको मृत्युपछि प्याट कमिन्स घरमा नै रहने भएपछि स्टीभन स्मिथले नै भारतविरुद्धको एकदिवसीय शृङ्खलामा अस्ट्रेलियाको कप्तानी सम्हाल्ने भएका छन् । आमाको स्वास्थ्य बिग्रिएपछि कमिन्स दिल्लीमा भएको दोस्रो टेस्टपछि घर फर्किएका थिए । कमिन्सकी आमा मारियाको गत ९ मार्चमा निधन भएको थियो ।
त्यतिबेला अस्ट्रेलिया शृङ्खलामा २–० ले पछि परेको थियो । स्मिथको नेतृत्वमा अस्ट्रेलियाले बाँकी दुई टेस्टमध्ये एकमा जीत र दोस्रोमा बराबरी गर्दै शृङ्खला २–१ को स्थितिमा सकेको थियो ।
स्मिथले नेतृत्व लिएसँगै अस्ट्रेलियाको एकदिवसीय टोलीले पछिल्ला पाँच खेलमा चार जना कप्तान पाएको छ । न्युजिल्याण्डको शृङ्खलामा एरोन फिन्चले अस्ट्रेलियाको नेतृत्व गरेका थिए भने उनको सन्यासपछि कमिन्सलाई कप्तानको जिम्मेवारी दिइएको थियो । तर, इंग्ल्याण्डविरुद्धको दोस्रो खेलमा उनलाई आराम दिँदै जोस हेजलवुड कप्तान बनेका थिए । चोटका कारण हेजवुड यो शृङ्खलामा सहभागी भएनन् । स्मिथले यसअघि ५१ एकदिवसीय खेलमा अस्ट्रेलियाको नेतृत्व गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन संशोधनका लागि गणतान्त्रिक मञ्चद्वारा संसदीय समितिका सभापतिको ध्यानाकर्षण
-
विकृति र विसंगति अन्त्यका लागि आध्यात्मिक जागरण आवश्यक : मुख्यमन्त्री आचार्य
-
मन्त्री र कर्मचारी भ्रमण स्वीकृतिमा केन्द्रित मन्त्रिपरिषद् बैठक
-
भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्ष नेपालमा
-
प्रचण्ड नेतृत्वको सरकारका कारणले नेपाल ग्रे लिष्टमा पर्यो : मन्त्री गुरुङ
-
मन्दिर सफा गर्न पानी बोकेको ट्यांकर भासियो