गृहमन्त्रीको बयान : केही पश्चिमा शक्ति परिवर्तनप्रति असन्तुष्ट र उत्तेजित, विप्लवमाथि पनि बोले
काठमाडौं–गृहमन्त्री रामबहादुर थापा ‘बादल’ मन्त्रीको पदभार ग्रहण गरेको तेस्रो दिन नेपाल प्रहरी हेड्क्वाटर पुगेका छन् ।
बुधवार विहान प्रहरी प्रधान कार्यालयमा पुगेका गृहमन्त्री थापाले प्रहरीको सरुवा ब्यवस्थापनलाई प्रभावकारी बनाईने बताए । ‘अब अवधी पुगेका प्रहरी कर्मचारीको बढुवा तत्काल गरिन्छ, प्रहरी ऐन र नियमावलीमा भएका असान्र्दभिक कुराहरुलाई परिवर्तन गरेर समय–सापेक्ष ऐन नियमावली तर्जुमा गरिने छ ।’
मुलुक संघीय गणतन्त्रमा प्रवेश गरेसँगै प्रहरीको काँधमा सुशासनको जिम्मेवारी आएको उल्लेख गर्दै गृहमन्त्री बादलले भने, ‘विकासको ढोका खुलेको छ, विकासका लागि सुशासन अनिवार्य भएको हुनाले प्रहरीको जिम्मेवारी थपिएको मलाई महसुस भएको छ ।’
‘शान्तिको समस्या अझै हल हुन सकेको छैन, देशभित्र र बाहिरका केही शक्तिले परिवर्तनको विरोध गरेका छन्’ गृहमन्त्री बादलले भने, ‘केही पश्चिमा शक्ति नेपालको परिवर्तन प्रति असन्तुष्ट र उत्तेजित छन् ।’
विप्लव माओवादी प्रति लक्षित गर्दै गृहमन्त्रीले थापाले हिंसा चाहने शक्तिले टाउको उठाउन खोजेको बताएका छन् ।
‘नयाँ सुरक्षा रणनीति अपनाएर हिंसा चाहने शक्तिसँग मुकाविला गर्न सक्नुपर्छ, नयाँ स्तरबाट सुरक्षा संयन्त्रलाई पुनर्सरचित गर्नुपर्छ ।’
विप्लव माओवादी लाई संकेत गर्दै गृहमन्त्री थापाले उनीहरु कस्ता अपराधी हुन भन्नेबारे स्पष्ट भएर सरकारले कदम अगाडि बढाउने बताए ।
उनले भने, ‘तिनीहरु राजनीतिक शक्ति हुन् या होईनन् भन्ने चिनेर कदम चाल्नुपर्छ ।’
भूमिगत अर्थतन्त्र र माफिया अर्थतन्त्रले विकासमा ठुलो बाधा पारेको उल्लेख गर्दै मन्त्री थापाले भने, ‘भ्रष्टाचार ठुलो शत्रु हो ।’
प्रदेश प्रमुखको गुनासो, ‘मन्त्रीज्यू रासन पुगेन’
प्रहरी प्रधान कार्यालयको कमाण्ड सेन्टरबाट सात ओटै प्रदेशका एआईजीको ब्रिफिङ लिएका गृहमन्त्री थापालाई कत्तिपय एआईजीले क्षेत्रमा पर्याप्त रासन समेत नपाएको गुनासो गरेका छन् ।
क्षेत्रमा गाडी नभएको, सुरक्षाकर्मीको संख्या निकै कम भएको र प्रहरीले पाउने तलव जीवनयापका लागि पर्याप्त नभएको गुना गरेको व्रिफिङमा सहभागी एक उच्च अधिकृतले रातोपाटीलाई बताए ।
गृहमन्त्री बादलले कमाण्ड सेन्टरबाट करिब डेढ घण्टा प्रदेश प्रमुखहरुसँग ब्रिफिङ लिएर एकैपटक निर्देशन दिएका थिए ।
क्षेत्रीय प्रमुखले उठाएको गुनासो संवोधन गर्दै गृहमन्त्री थापाले रासनको समस्या समाधानका लागि आफु लागिपर्ने बताए । उनले भने, ‘कत्तिपय सुरक्षाकर्मी विदेश जान थालेको, राशन कम भएको रिपोर्ट सुनेँ, अहिले खाईपाई आएको तलवले जीवन धान्न गाह्रो परेको जुन रिपोर्ट छ यसलाई कसरी संवोधन गर्न सकिन्छ छलफल गरिने छ ।’
यसैबिच प्रहरी प्रमुख प्रकाश अर्यालले हेडक्वाटरको अरनिको हलमा गृहमन्त्री थापासमक्ष करिब डेढ घण्टा प्रस्तुतिा गरेका थिए ।
प्रस्तुतिका क्रममा आइजीपी प्रकाश अर्यालले अपरेशनल काममा हस्तक्षेप नगर्न आग्रह गरेको एक उच्च अधिकारीले बताए ।
‘अपरेशनल काममा प्रहरीलाई हस्तक्षेप नगर्दा राम्रो हुने थियो’ आइजीपी अर्यालको भनाई उदृत गर्दै एक उच्च अधिकृतले भने, ‘प्रहरीलाई ड्राईभ गर्नुभन्दा सहजीकरण गर्दा राम्रो हुन्छ, कत्तिपय अप्रेशनल गतिविधी स्विकृत नहुनु र यसो गर्नुस भनेर मन्त्रालयले सुधार गरेर नपठाउँदा असहजता महसुस भएको छ ।’
त्यस्तै प्रहरी प्रमुख अर्यालले प्रहरी कर्मचारी १८ घण्टासम्म फिल्डमा खट्नुपर्दा कार्यबोझ बढेको बताए ।
उनले भने, ‘महानगरपालिकामा झन कहाली लाग्दो अवस्था छ, त्यहि भएर प्रहरी कर्मचारी हरु काठमाडौं बाहिर सरुवा हुन खोज्छन्, अब प्रहरीले ८ घण्टा भन्दा बढी काम गर्नु नपर्ने गरी मेनपावर बढाउन जरुरी छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य कसको मूल्य कति ?
-
पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार
-
ला लिगामा बार्सिलोनालाई धक्का, सेल्टा भिगोले बराबरीमा रोक्यो
-
लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे