राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले चैत १० गतेदेखि १५ गतेसम्म संघीयताका विरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको छ । सो पार्टीको फागुन २७ र २८ गते बुटवलमा सम्पन्न राष्ट्रिय परिषदको प्रथम बैठकले संघीयताका विरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको हो ।
बैठकपछि पार्टीका अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘ बैठकले सङ्घीयताकाविरुद्ध यही चैत्र १० देखि १५ गतेसम्म देशव्यापी अभियान चलाउने निर्णय गरेको छ । उक्त अभियान अन्तर्गत सभा, कोणसभाहरू गरिने छ । चैत्र २४ गते जनआन्दोलन दिवसको उपलक्षमा देशव्यापी रूपमा “गणतन्त्रको रक्षा गरौँ, प्रतिगमनका विरुद्ध सङ्घर्ष गरौं” भन्ने मूल नारा अन्तर्गत सभाका कार्यक्रमहरू गरिने छ ।’
बैठकले चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय समेत गरेको छ । सो उपनिर्वाचनमा पार्टीका केन्द्रीय उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाउने निर्णय बैठकले गरेको विज्ञप्तिमा जनाइएको छ । उपनिर्वाचनलाई नेपालमा बढ्दो अमेरिकी साम्राज्यवादको प्रभाव, इशाईकरणका विरुद्ध भण्डाफोर अभियानका रूपमा उपयोग गर्ने निर्णय समेत बैठकले गरेको छ । साथै उपनिर्वाचनको प्रचारप्रसारलाई व्यवस्थित बनाउन महासचिव मनोज भट्टको संयोजकत्वमा २५ सदस्यीय निर्वाचन परिचालन समिति समेत गठन गरिएको छ ।
चितवन–२ बाट मंसिर ४ को निर्वाचनमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको नागरिकता अवैध घोषित भएसँगै उनको पद गएको थियो । यससँगै निर्वाचन आयोगले उपनिर्वाचन गर्ने गरी वैशाख १० गतेका लागि निर्वाचनको मिति तोकेको छ ।
परिषद बैठकले बैशाख र जेष्ठ महिनामा देशव्यापी रूपमा पार्टीको जिल्ला सम्मेलन तथा भेला गर्ने निर्णय समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताको होटलमा आगलागी, १४ जनाको मृत्यु, १३ घाइते
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
धादिङमा कुटपिट गरेर पुरुषको हत्या गरेको आरोपमा एकजना पक्राउ
-
चैते धानले हरियाली देखिएको फाँट, तस्बिरहरू
-
आगामी बजेटमार्फत जनतालाई राहत दिनुपर्छः सचेतक पाण्डे
-
जग्गा प्राप्त नहुँदै प्रशासनिक संरचना निर्माणमा बागमती सरकारको चटारो