पहिरोमा परी ब्राजिलमा ८ जनाको मृत्यु
सोमबार, २९ फागुन २०७९, २१ : ४४

ब्राजिलिया । उत्तरी ब्राजिलको अमेजन राज्यको राजधानी मानौसको पूर्वी भागमा सोमबार बिहान पहिरोमा परी आठ जनाको मृत्यु भएको छ ।
चार बालबालिकासहित पीडितको शव विपद् स्थलबाट निकालिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । साथै आमा र छोरीको अवशेष भग्नावशेषमुनि अँगालो हालेको अवस्थामा भेटिएको छ ।
पहिरोले नौ वटा घरमा क्षति पु¥याएको छ । अग्निनियन्त्रक र वरपरका बासिन्दाहरूले अझै केही मानिसजरू जीवित हुनसक्ने भन्दै खोजी कार्यलाई तीव्र पारेका छन् । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई आयोगका पदाधिकारी र सदस्यका लागि निवेदन दिने १० दिनको समय निर्धारण
-
ट्रम्पले १ सय ४ प्रतिशत कर लगाएपछि चीनले अमेरिकामाथिको कर ८४ प्रतिशत पुर्याइयो
-
इजरायलले गाजामा गर्यो आक्रमण : २९ जनाको मृत्यु
-
नेपालमा चोरी, भारतमा बिक्री : ६ वटा मोटरसाइकलसहित गिरोह पक्राउ
-
पर्सामा लागुऔषध रोकथामसम्बन्धी तीन महिने सचेतनामूलक कार्यक्रमको शुभारम्भ
-
‘योजनामा हुने बेथितिको अन्त्य गर्न कानुन बनाएर सरकारले काम गरिरहेको छ’