टर्कीको चालु खाता घाटा जनवरीमा झन्डै ९.८५ अर्ब अमेरिकी डलर पुग्यो

अङ्कारा । टर्कीको केन्द्रीय बैङ्कले सोमबार सुनको आयातमा तीव्र वृद्धि र ऊर्जा आयात बिलहरू बढ्दै गएपछि जनवरीमा देशको चालु खाता घाटा झन्डै ९.८५ अर्ब अमेरिकी डलर पुगेको जनाएको छ । केन्द्रीय बैङ्कको तथ्याङ्कले सुन र ऊर्जा बाहेक चालु खातामा जनवरीमा दुई अर्ब छ करोड डलर खुद बचत रहेको पनि देखाएको छ ।
चालु खाता मौज्दात हुने वस्तुहरूमध्ये वस्तुको वैदेशिक व्यापारमा १२ अर्ब ४३ करोड डलरको घाटा रहेको छ भने सेवातर्फ तीन अर्ब १६ करोड डलरको खुद बचत रहेको छ । सेवा व्यापारअन्तर्गत ट्राभल वस्तुले २.४५ अर्ब डलरको बचत रहेको देखाएको छ । आधिकारिक तथ्याङ्कअनुसार जनवरीमा चालु खाता घाटाले मार्च २०११ को कीर्तिमान ९.४१ अर्ब डलर घाटालाई पनि उछिनेको छ ।
यसैबीच टर्कीको १२ महिनाको रोलिङ घाटा जनवरीमा ५१.७ अर्ब डलर पुगेको छ जुन सन् २०१४ को फेब्रुअरी यताकै उच्च हो ।
टर्की सरकारले बढ्दो मुद्रास्फीति र स्थानीय मुद्राको मूल्यह्रासको बाबजुद उच्च निर्यात र कम ब्याज दरहरू मार्फत चालु खाता अधिशेषलाई पछ्याउने आर्थिक मोडेलको अभ्यास गरेको छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम घटनापछि आईसीसीलाई बीसीसीआईको पत्र
-
नदीमा डुबेर बेपत्ता व्यक्तिको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो
-
नेपालसहित चार देशमा एमसीसी परियोजना नरोकिने
-
हामी सशक्त,एकीकृत र बलियो एनआरएनए देख्न चाहान्छौँ : परराष्ट्र सचिव
-
जापानलाई उछिनेर क्यालिफोर्निया बन्यो चौथो ठुलो अर्थतन्त्र
-
प्रचण्डलाई गोरखामा ऊनको हाफकोट उपहार