रामसहायलाई लिङ्देनको आश्वासन–पार्टीमा छलफल गरेर जानकारी गराउँछु

काठमाडौँ । जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य समेत रहेका उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग चुनावमा सहयोग गर्न आग्रह गरेका छन् ।
जसपाका अन्य नेताहरुसहित लिङ्देनलाई भेटेर उनले सहयोग गर्न आग्रह गरेका हुन् । संघीयता, लोकतन्त्र तथा गणतन्त्रको रक्षाका लागि आफ्नो उम्मेदवारी रहेको भन्दै उपराष्ट्रपतिमा सहयोग गर्न उनले आग्रह गरे । जवाफमा लिङ्देनले उपराष्ट्रपतिको चुनावको विषयमा पार्टीमा छलफल गरेर जानकारी गराउने प्रतिक्रिया दिएको जसपाका नेता प्रदीप यादवले बताए ।
नेता यादवले भने, ‘राजेन्द्रजीको प्रतिक्रिया सकारात्मक थियो तर उहाँले पार्टीमा छलफल गरेर यसको बारेमा थप जानकारी गराउने भन्नुभएको छ ।’ सकारात्मक संकेत पाएको कारण राप्रपाको मत पनि रामसहाय यादवलाई आउनेमा आफूहरू विश्वस्त रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजपाको केन्द्रीय कमिटी विघटन, प्रभु साहको अध्यक्षतामा महाधिवेशन आयोजक कमिटी गठन
-
थाइल्यान्डमा 'वान टु वान' वार्ताले ल्याउला त सम्बन्धमा सुधार ?
-
विशेषको फैसला चित्त नबुझेपछि भ्रष्टाचारका १२ वटा मुद्दा लिएर सर्वोच्च पुग्यो अख्यितार
-
वडाध्यक्षलाई कार्यवाहक दिने निर्णय कार्यान्वयन नगर्न उच्चको आदेश
-
शिक्षक महासंघले शिक्षा मन्त्रालयलाई बुझायो ध्यानाकर्षण पत्र
-
बजेट तयारी-छलफल : उत्पादन र रोजगारी वृद्धि गर्ने गरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन