के ह्वे क्वान : ओस्कार विजेता अभिनेता जो कुनै बेला शरणार्थी थिए
![के ह्वे क्वान : ओस्कार विजेता अभिनेता जो कुनै बेला शरणार्थी थिए](https://npcdn.ratopati.com/media/news/oscar_JxDqujSDhU.jpg)
८० को दशकका हलिउडका दुई ठुला चलचित्रमा बाल कलाकारको भूमिका निर्वाह गरेका के ह्वे क्वानले ‘उत्कृष्ट सह–अभिनेता’ को विधामा ओस्कार अवार्ड जितेका छन् ।
अवार्ड जितेपछि खुसी व्यक्त गर्दै उनले भनेका छन्, ‘भनिन्छ, यस्तो कहानी फिल्ममा मात्रै हुन्छन्.... मलाई विश्वास लागिरहेको छैन कि यो मसँग भइरहेको छ ।’
के ह्वे क्वानको कथा निकै रोचक छ, जसलाई पढ्दा तपाईँलाई यो फिल्मको स्क्रिप्ट जस्तो लाग्न सक्छ ।
बाल्यकालमा शरणार्थीका रूपमा भियतनामबाट हङकङ पुगेका क्वान अमेरिकामा हुर्किए ।
तर उनको फिल्ममा आउने कथा भने निकै रोचक छ । उनले सन् १९८४ मा रिलिज भएका प्रसिद्ध फिल्म इन्डियाना जोन्स र टेम्पल अफ डूममा बाल कलाकारको भूमिका निभाएका थिए ।
तर यी फिल्ममा काम गर्न अडिसन दिने मौका उनले अकस्मात् पाए । त्यसको अर्को वर्ष, उनले टिभी कार्यक्रम, ‘द गुनीज’ मा ग्याजेट–प्रेमी बच्चाको भूमिका खेल्ने मौका पाए ।
तर क्वानको उमेर बढ्दै जाँदा उनले पाउने भूमिकाको सङ्ख्या भने घट्दै गयो । अन्ततः क्वानले पर्दा पछाडि बस्दै स्टन्ट को–ओर्डिनेटरदेखि सह–निर्देशकजस्ता भूमिका निभाउन राजी भए ।
अनि अभिनयको संसारमा उनको दखल बिस्तारै घट्दै गयो ।
तर केही वर्षअघि नेटफ्लिक्समा रिलिज भएको डकुमेन्ट्री नुमा टिभी सिरिज ‘क्रेजी रिच एशियन्स’बाट प्रेरित भएर क्वानले फेरि अभिनयमा फर्कने निर्णय गरे ।
त्यसपछि कलाकारको एजेन्टको रूपमा काम गर्ने उनका एक साथीले उनको नाम अगाडि बढाए ।
दुई हप्तापछि, उनलाई ओस्कार विजेता फिल्म ‘एभरिथिङ, एभरिवेयर, एट वन्स’ का निर्माताहरूबाट फोन आयो ।
यो फिल्मले उनलाई आफ्नो सपना बाँच्ने र हलिउडमा पुनरागमन गर्ने मौका दिएको छ । यो क्वानको पहिलो एकेडेमी अवार्ड हो ।
आफ्नो भावनालाई नियन्त्रण गर्ने प्रयास गर्दै, उनको ट्रफीलाई चुम्बन गर्दै, भने, ‘मेरी आमा ८४ वर्षको हुनुहुन्छ, उहाँ टिभीमा यो कार्यक्रम हेर्दै हुनुहुन्छ । आमा... मैले ओस्कार जितेको छु । मेरो यात्रा एउटा डुङ्गामा सुरु भएको थियो । मैले शरणार्थी शिविरमा एक वर्ष बिताएँ र कसैगरी हलिउडको यो सबैभन्दा ठुलो मञ्चसम्म पुग्न सफल भएँ ।’
जब क्वानले यो फिल्मको स्क्रिप्ट पाए तब यो फिल्मले ओस्कार अवार्डमा पुर्याउला भन्ने सोचेका थिएनन् । फिल्मको स्क्रिप्ट कागजमा अलि गाह्रो लाग्न सक्छ ।
यो एक शरणार्थी परिवारको इन्डी ड्रामा र साइन्स फिक्सनबाट सुपर हिरोको दुनियाँको एउटा नयाँ खालको फिल्म हो ।
यो फिल्ममा क्वानले वेमन्ड वेङको भूमिका निभाएका छन् जो फिल्मका लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्ने मिशेल यो को कपडा धुने काम सम्हाल्ने महिलाका श्रीमान् हुन् ।
यो फिल्मले कुल सात ओस्कार अवार्ड जितेको छ जसमा बेस्ट पिक्चरदेखि सर्वश्रेष्ठ अभिनेत्रीजस्तो अवार्ड समावेश छ ।
यस वर्ष, ओस्कारदेखि अन्य सबै पुरस्कार कार्यक्रममा, क्वान एक लोकप्रिय व्यक्तित्व बने । हलिउडका ठुला स्टारहरूसँग उनका तस्बिरहरू वर्षभरि भाइरल भइरहेको देखियो ।
अवार्ड पाएपछि के ह्वी क्वानले आफ्नो भाषणमा आमालाई धन्यवाद दिएका छन् ।
उनले आफ्ना भाइ र श्रीमतीलाई धन्यवाद दिँदै भने, ‘मेरी श्रीमतीलाई धन्यवाद जसले महिनै पिच्छे, वर्षै पिच्छे, २० औँ वर्षसम्म मलाई मेरो समय आउँछ भनेर भनिरहिन् ।’
उनले यो पनि भने, ‘तपाईँले सपनामा विश्वास गर्नुपर्छ । मैले एक हदसम्म आफ्नो सपना छोडिदिएको थिएँ । म तपाईँहरू सबैलाई भन्न चाहन्छु कि आफ्नो सपनालाई जिउँदो राख्नुहोस् । मलाई यहाँ पुनः स्वागत गरेकोमा धेरै धन्यवाद । म तपाईँहरू सबैलाई माया गर्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल प्रहरीका ७५ जना इन्स्पेक्टर डीएसपी बढुवामा सिफारिस (सूचीसहित)
-
विश्वभर पुरुषहरूमा निःसन्तानपन बढ्नुको मुख्य कारण के हो?
-
पुष्पसदन टेबलटेनिसमा सेन्टमेरिज र डिलाईटको जित
-
बास्केटबलमा एक्सेल्सियरको दोहोरो जित
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, यी चार प्रदेशमा हिमपातको सम्भावना
-
यूएसएआईडीका दश हजार कर्मचारीको जागिर चट् पार्ने ट्रम्पको योजनामा अस्थायी रोक