सिडिओले झुटा मुद्दा लगाएको भन्दै व्यवसायीले गरे नारावाजी र धर्ना
सम्राट सिंह
बझाङ– झुठो आरोप लगाएर यातायात व्यवसायीलाई सार्वजनिक अपराधको मुद्धा दर्ता गरेको भन्दै बझाङका यातायात व्यवसायीहरु सिडिओविरुद्ध आन्दोलित बनेका छन् ।
बसपार्कमा वर्कसप सञ्चालन गर्दै आएका व्यवसायी राजमल जाग्रीललाई सिडिओ धर्मानन्द जोशीले सार्वजनिक अपराधको मुद्दा चलाएपछि यातायात व्यवसायी आन्दोलित भएका हुन् ।
उनीहरुले बुधबार जिल्ला प्रशासन कार्यालयको मुल गेटमा सिडिओ जोशीविरुद्ध प्रदर्शन गर्दै नाराबाजी समेत गरे ।
सिडिओ जोशीले राजु अटो वर्कसपको नाममा फर्जी भ्याटबिल बनाई खरिद नै नभएको सामानको बिल बनाएर गत मंसिर २ गते वर्कसपका नाममा ६९ हजार ४ सय ७४ रुपियाँको चेक जम्मा गरेको र पछि पैसा फिर्ता गर्न दवाब दिदा जाग्रीले पैसा नदिएपछि गालिगलौजको निहुँमा मुद्दा दर्ता गरेको जाग्रीका आफन्तले बताए ।
विरोधमा उत्रिएका व्यवसायीहरुले तत्काल मुद्धा फिर्ता लिनुपर्ने र पक्राउ परेका व्यक्तिलाई रिहा गर्नुपर्ने बताएका छन् । विरोधस्वरुप उनिहरुले बुधबार ६ घण्टा सवारी साधन संचालनमा राके लगाए ।
संचालक राजु जाग्रीले विलमा उल्लेख भएको भ्याट रकम कटाएर बाँकी रकम फिर्ता दिन मञ्जुर भएपनि सिडिओले पुरै रकम मागेको सार्वजनिक यातायातका अध्यक्ष नरेन्द्र खडकाले बताए ।
उता सिडिओ धर्मानन्द जोशीले भने ३ महिना अगाडि मदिरा सेवन गरेर चैनपुर बजारमा होहल्ला गरिहेका जाग्रीका एक आफन्तलाई प्रहरीले नियन्त्रणमा लिएको र उनलाई छोडिदिन गरेको आग्रह नमानेपछि आफुविरुद्ध गाली गलौज गरेकोले सार्वजनिक अपराध अन्र्तगत मुद्धा चलाएको बताए ।
यस्तो छ विल प्रकरण
जिल्ला प्रशाशन कार्यालय बझाङले गत मंसिर ३ गतेको मितिमा राजु अटो वर्कसप एण्ड ड्राइभिङ सेन्टरबाट गाडीका लागि आवश्यक पर्ने लिनेर, पिस्टोन, हेड ग्यासकेट किट, हेडवाल लगायतका पाटपुर्जा फेरेको थियो । त्यसवापत वर्कसपले ७० हजार ४ सय २४ रुपैयाँको विल बनाएको छ । जिल्ला प्रशासन कार्यालयले वर्कशपको नाममा रहेको खाता नं ४११०००५७९४०१ मा ६९ हजार ४ सय ७४ रुपैयाँको भुक्तानी चेकमार्फत दिएको छ । सो विलमा १.५ प्रतिशत अग्रिम करकट्टी गरी बाँकी रकम भुक्तानी गरिएको जिल्ला प्रशासनले बताएको छ ।
तर, वर्कशप संचालक राजु जाग्रीले जिल्ला प्रशाशन कार्यालयले आफु चुनाव प्रचारमा गएका बेला श्रीमतीबाट भ्याट विल मागेर लगेको र आफ्नो वर्कशपमा हुदै नभएका सामानहरु किनेको भनेर विलमा उल्लेख गरेपछि आफुले रकम फिर्ता दिन इन्कार गरेको बताए ।
‘मैले सिडिओलाई गालिगलौज गरेको छैन, बरु,नक्कली विलको पैसा फिर्ता नदिएकोले म विरुद्ध सार्वजनिक अपराधको मुद्धा लगाएको हो’ जाग्रीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं