लिबियामा डुङ्गा पल्टिँदा ३० आप्रवासी बेपत्ता

रोम । लिबियामा मालवाहक जहाजले उद्धार गर्ने क्रममा डुङ्गा पल्टिँदा करिब ३० आप्रवासी बेपत्ता भएको इटालीको तटरक्षक बलले आइतबार जनाएको छ । लिबियाको खोज तथा उद्धार क्षेत्रमा बिहान सबेरै उद्धारको प्रयास गरिएपछि १७ जना आप्रवासीको उद्धार गरिएको र बेपत्ताको खोजी कार्य जारी रहेको तटरक्षक बलले जनाएको छ ।
“आप्रवासीहरूको स्थानान्तरणको क्रममा डुङ्गा डुबेको र १७ व्यक्तिहरूलाई (कार्गो) पोतद्वारा उद्धार गरिएको थियो भने करिब ३० आप्रवासीहरू हराइरहेका छन्,” तटरक्षकले बताएका छन् ।
इटालीको दक्षिणी तट क्यालाब्रियामा भएको पानीजहाज दुर्घटनामा परी कम्तीमा ७६ आप्रवासीको मृत्यु भएको ठीक दुई हप्तापछि भूमध्यसागरमा पछिल्लो विपत्ति आएको हो । यो डुङ्गा दुर्घटनाले इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीको नेतृत्वमा रहेको दक्षिणपन्थी सरकार रक्षात्मक अवस्थामा पुगेको छ र यसले आप्रवासीहरूलाई बचाउन समयमा हस्तक्षेप गर्न असफल भएको भन्ने तीव्र आलोचनालाई रोक्न प्रयास गरिरहेको छ ।
इटालीको तटीय क्षेत्रतर्फ जाने जोखिमपूर्ण सेन्ट्रल मेडिटेरेनियन क्रसिङमा आप्रवासीको बढ्दो सङ्ख्या बढेपनि आइतबारको उद्धारले मृत्युको दोष कसको थियो भनी प्रश्न उठ्ने निश्चित छ । इटालीको तटरक्षक बलले डुङ्गा लिबियाको खोज तथा उद्धार क्षेत्रमा रहेको र यस घातक घटनाले भूमध्यसागरका अन्य देशहरूको ‘निष्क्रियता’ उजागर गरेको बताएको छ ।
रोमले लामो समयदेखि हरेक वर्ष डुङ्गाबाट युरोप पुग्न खोज्ने दशौं हजार आप्रवासीहरूको मार खेपिरहेको गुनासो आफ्ना ईयू साझेदारहरूसँग गर्दै आएको छ । आप्रवासी डुङ्गाहरूको निगरानी समूहले बेन्गाजीबाट करिब १६० किलोमिटर उत्तरपश्चिममा डुङ्गा सङ्कटमा परेको गराएको थियो । त्यसपछि इटालियन अधिकारीहरूलाई स्थानीय समयअनुसार शनिबार बिहान ११ः १८ बजे सचेत गराइएको थियो ।
जर्मन गैरसरकारी संस्था ‘सी वाच’को एक निगरानी विमानले पनि डुङ्गालाई देखेको थियो र त्यो ‘जोखिमयुक्त भीडभाड र डरलाग्दो छालमा’ रहेको बताएको थियो । इटलीको तट रक्षकले एक विज्ञप्ति जारी गर्दै सचेतनाका लागि बज्ने फोनको घण्टीले रोमको उद्धार समन्वय केन्द्र, माल्टाली र लिबियाली अधिकारीहरूलाई डुङ्गाको बारेमा सूचित गरेको पुष्टि गरेको छ ।
‘सी वाच’को चेतावनीपछि डुङ्गातर्फ गएको एक व्यापारिक जहाजले खराब मौसमका कारण डुङ्गाको उद्धारमा कठिनाइ भएको बताएको तटरक्षकहरूले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
०८२ सालमै पार्टीको अधिवेशन हुनुपर्छ : नेता कोइराला
-
जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्नेछ : प्रचण्ड
-
आमसञ्चार परिषद् विधेयक प्रतिनिधि सभाबाट सर्वसहमतिले स्वीकृत
-
ऐन संशोधनका लागि गणतान्त्रिक मञ्चद्वारा संसदीय समितिका सभापतिको ध्यानाकर्षण
-
विकृति र विसंगति अन्त्यका लागि आध्यात्मिक जागरण आवश्यक : मुख्यमन्त्री आचार्य
-
मन्त्री र कर्मचारी भ्रमण स्वीकृतिमा केन्द्रित मन्त्रिपरिषद् बैठक