क्रोएसिया पठाइदिन्छु भन्दै लाखौँ ठगी

काठमाडौँ । वैदेशिक रोजगारीको लागि वर्किङ भिसामा क्रोएसिया पठाइदिन्छु भन्दै १५ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ का ४६ वर्षीय मेघलाल तामाङ रहेका छन् ।
तामाङले दोमी शेर्पा समेत ३ जनालाई वैदेशिक रोजगारीको लागि वर्किङ भिसामा क्रोएसिया पुगेपछि फर्निसिङ तथा माछा फार्ममा काम लगाइदिन्छु, त्यहाँ १ लाखभन्दा बढी तलब हुन्छ भन्दै प्रलोभन देखाएका थिए । उनले पीडितहरूबाट पटकपटक गरी १५ लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन बनेका थिए ।
वैदेशिक रोजगार विभागले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार गरेको थियो । पत्राचारपछि कार्यालयबाट खटिएको टोलीले तामाङको खोजतलास गर्ने क्रममा सोमबार बिहान काठमाडौँको मिनभवनबाट पक्राउ गरेको थियो ।
तामाङलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते