म्यानमार : सेनाले ३० जनाभन्दा बढीको नरसंहार गरेको आरोप
सोमबार, २९ फागुन २०७९, १३ : १३

म्यानमारको सैन्य सरकारविरुद्ध लडिरहेको एउटा सशस्त्र समूहले सेनाले ३० जनाभन्दा बढीको हत्या गरेको जनाएको छ । देशको दक्षिणी भागमा रहेको शान प्रान्तमा रहेको एक बौद्ध विहारमा यी मानिसहरू शरण लिइरहेका थिए ।
जुन ठाउँमा यो घटना घटेको हो, त्यो क्षेत्र शान प्रान्तको राजधानी नेपिताव र छिमेकी देश थाइल्यान्डको सिमानाको बीचमा पर्छ ।
दुई वर्षअघि म्यानमारमा निर्वाचित सरकारलाई ध्वस्त पारेर सेनाले देशको कमान्ड हातमा लिएपछि यो क्षेत्र चरम द्वन्द्वको साक्षी बनिरहेको छ ।
सशस्त्र गुट कारेन्नी नेशनलिटिज डिफेन्स फोर्सको तर्फबाट जारी गरिएको भिडियोमा नाम निन गाउँको बौद्ध मठको अगाडि कम्तीमा २० वटा शव देख्न सकिन्छ ।
यीमध्ये केही शवहरूमा भगवा लुगाहरू छन् जुन परम्परागत रूपमा बौद्ध भिक्षुहरूले लगाउने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु