सरकारमा जाने तयारी छैन : सभापति लामिछाने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले अहिलेको परिस्थितिको मूल्याङ्कन गर्नेकाम भइरहेको बताए । उनले भने, ‘सरकारमा जाने तयारी भन्ने होइन । परिस्थितिलाई मूल्याङ्कन गर्नुपर्ने हुन्छ ।’ उनले सत्ता समीकरण परिवर्तन भए पछि सरकारमा जानुपरेमा कारण स्पष्ट पारेर मात्रै सहभागी हुने बताए । उनले थपे, ‘अहिले सरकारमा जाने नजाने भन्ने विषयमा पार्टीभित्र छलफल भएको छैन ।’
रास्वपा छुट्टै परिचय बोकेर बनेको दल भएकाले पछिल्ला राजनीतिक घटनाक्रम नियाल्दै गरेको उनले बताए । आफ्नो दलको राजनीतिक अभ्यास सुरुआती चरणमा रहेको सभापति लामिछानेले उल्लेख गरे । सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा अब के गर्ने भन्ने विषयमा पार्टीभित्र छलफल हुने उनको भनाइ थियो ।
आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको तयारी सुरु गरेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाख १९ गते सरकारको नीति तथा कार्यक्रम पेस हुने
-
वर्तमान सरकार पूर्णरुपमा असफल : माओवादी केन्द्र
-
भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारीले अब निवृत्तिभरण नपाउने
-
माओवादी र प्रचण्डका विरुद्ध केही अराजक शक्ति लागेका छन् : अध्यक्ष शेर्पाली
-
कर्मचारीको राजनीतिक सम्बन्ध तोड्न पनि कम्तिमा दुई वर्ष ‘कुलिङ पिरियड’ राख्नैपर्छः सांसद थानी
-
सङ्घीय निजामती ऐन सम्बन्धी विधेयकको प्रस्तावना र नाम समितिबाट अनुमोदन