उपराष्ट्रपतिमा यादवलाई सहयोग गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)ले सत्ता गठबन्धनका उम्मेदवार रामसहाय यादवलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार उपराष्ट्रपतिका लागि मत माग्न बालुवाटार पुगेका यादवसँग प्रधानमन्त्री प्रचण्डले सो प्रतिवद्धता जनाएका हुन् । प्रधानमन्त्री प्रचण्डले उपराष्ट्रपतिमा यादवलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको जसपाका नेता प्रदीप यादवले बताए ।
‘प्रधानमन्त्री प्रचण्डलाई भेटेर सत्ता गठबन्धनको तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवार जसपा संसदीय दलका नेता रामसहाय यादवलाई यही चैत्र ३ गते हुने निर्वाचनमा सहयोग गर्न आग्रह गरिएको छ’ उनले भने, ‘प्रधानमन्त्री प्रचण्डले संघीयता र गणतन्त्रको रक्षा निमित आफु र आफ्नो दलले सबै सहयोग गरेर सत्ता गठबन्धनबाट उपराष्ट्रपतिका साझा उम्मेदवार यादवलाई विजयी गराउने प्रतिबद्धता जनाउनुभएको छ ।’ उपराष्ट्रपतिको उम्मेदवारीबारे भएको राजनीतिक गतिविधिका बारेमा पनि प्रधानमन्त्री प्रचण्डले थुप्रै कुरा स्पष्ट पारेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटक लक्षित गर्दै भारतीय सवारीमा स्टिकर टाँस अभियान सुरु
-
१० बजे १० समाचार : तीनकुनेका ‘कमाण्डर’ हिरासतमा, ज्ञानेन्द्रलाई समितिमा बोलाउन प्रस्ताव
-
एनएसएल फुटबल : धनगढीले काठमाडौँ रेजर्सलाई हरायो
-
चितवनमा गोली लागेर सैनिक जवानको मृत्यु
-
ट्राफिकले सवारी चालकको चाबी थुत्न मिल्छ ? यस्तो छ उच्च अदालतको व्याख्या
-
शिक्षक र शिक्षा मन्त्रालयबीच छलफल