यात्रु बिरामी भएपछि दिल्लीबाट दोहाका लागि उडेको विमान कराँचीतर्फ डाइभर्ट, यात्रुको ज्यान बचेन

दिल्लीबाट दोहा जाँदै गरेको इन्डिगोको विमान एक यात्रु बिरामी भएपछि कराँचीमा आकस्मिक अवतरण गराइएको छ । जानकारीका अनुसार फ्लाइट नम्बर 6E-1736 लाई मेडिकल इमर्जेन्सीपछि पाकिस्तानको कराँची हवाइअड्डातर्फ मोडिदिएको हाे ।
इन्डिगोले जारी गरेको वक्तव्यलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले यो जानकारी दिएको हो ।
यद्यपि, बिरामी यात्रुको ज्यान भने बचाउन सकिएन ।
एयरलाइन्सले भन्यो, ‘हामी यो सूचनाका कारण असाध्यै दुःखी छौँ र हाम्रो समवेदना मृतकको परिवारसँग छ । हाल हामी सम्बन्धित अधिकारीसँग समन्वय गरेर अन्य यात्रीलाई अर्को विमानबाट पठाउने प्रबन्ध मिलाइरहेका छौँ ।’
IndiGo flight 6E-1736, operating from Delhi to Doha was diverted to Karachi due to a medical emergency on board. Unfortunately, on arrival, the passenger was declared dead by the airport medical team, says the airline.
— ANI (@ANI) March 13, 2023
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल सुपर लिग : कुन खेलाडी कुन टोलीमा पुगे ?
-
प्लस टु सञ्चालन गर्न चन्दा उठाएरै ७० लाखको अक्षय कोष
-
अमेरिकी शीर्ष सैन्य नेतृत्वमा ठुलो परिवर्तन, जनरल ब्राउन हटाइए
-
जदौको स्वरमा मरिहत्ते श्रोता–संसार
-
तस्बिरमा हेर्नुहोस् नेपाल सुपर लिगको अक्सन
-
माओवादीले नेतृत्व गरेका पालिका टाढैबाट चिनिने बनाउनुपर्छ : प्रचण्ड