कुशलले लिए विकेट, नेपाललाई सातौं सफलता
सोमबार, २९ फागुन २०७९, ११ : २८

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध सातौं सफलता हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालले २७ औं ओभरमा सातौं विकेट लिएको हो ।
नेपालका लागि कुशल मल्लले २७ औं ओभरको चौथो बलमा नोरमान भानुवालाई क्याच आउट गराएका हुन् ।
भानुवाले खाता नखोलेरै आउट भए । यसअघि नेपालका लागि सन्दी लामिछानेले २४ औं ओभरको पहिलो बलमा कार्लेस आमिनीलाई १६ रनमा क्याच आउट गराएका थिए ।