माओवादी धारको संयुक्त अन्तरक्रिया चैत ८ गते हुने

काठमाडौँ । माओवादी धारको संयुक्त अन्तरक्रिया काठमाडौंको प्रज्ञा भवनमा चैत ८ गते हुने भएको छ । फागुन ३० गते गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम ८ दिनपछि मात्रै हुने भएको हो । गत आइतबार संयुक्त पत्रकार सम्मेलन गरेका माओवादी घटकले चैत ८ गते मात्रै अन्तरक्रिया गर्ने नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाले बताए । ‘हामीबीच असमझदारी बढेर होइन ।
कार्यक्रम गर्न हलको समस्या भएकाले अन्तरक्रिया सारेका हौं’ रातोपाटीसँग कुरा गर्दै बुढाले भने,‘ अन्तरक्रिया कार्यक्रमको मोडालिटी र वक्ताको फाइनल गरेर कार्यक्रम गरिने छ ।’ जनयुद्धकालीन मुद्दाका विषयमा सरोकारवाला निकायलाई बोलाएर छलफल गरिने बुढाले बताए । पहिलो चरणको कार्यक्रम सकिएपछि दोस्रो चरणको कार्यक्रम गर्ने तयारी गरिएको छ ।
अहिले माओवादी धार ६ पुगेका छन् । यसअघि नौ माओवादी धार भएपनि असमझदारी राखेर तीन पार्टी अलग भएका छन् । जसमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत र गोपाल किराँती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उकालो चढ्न नसकेको जिप ब्याक भएर दुर्घटना, २ को मृत्यु
-
न्युजिल्याण्डको जितसँगै आयोजक पाकिस्तान ‘आउट’
-
अण्डाको मूल्य बढ्यो
-
मलेप र अख्तियारलाई प्रश्नैप्रश्न
-
सेन्ट जेभियर्सको भर्ना प्रक्रियामा गोला प्रथाबारे सर्वोच्चको कारण देखाऊ आदेश
-
१० बजे १० समाचार : चम्किला ज्याकेट लगाएका मान्छेको आतंकदेखि अध्यादेश अलपत्रसम्म