निफमा ‘जिओपोलटिक्स्’ को प्रभावका बिषयमा बहस हुने

काठमाडौंँ । छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म काठमाडौमा आयोजना हुँदैछ । नेपाल फिल्म एण्ड कल्चर एकडेमीले आयोजना गर्न लागेको ३५ देशका चलचित्रकर्मीको प्रतिनिधित्व हुने यस महोत्सवमा ९५ प्रतियोगी चलचित्रको प्रदर्शन हुनेछ । क्यूएफएक्सद्धारा सञ्चालित सिनेमा हलहरु काठमाडौँको सिभिल मल र छायाँ सेन्टर, पुल्चोकको लविङ मल अनि भक्तपुर राधे राधेको भाटभटेनीमा रहेको हलमा फिल्म प्रदर्शन हुने आयोजक पक्षले जनाएको छ ।
यो पटक निफमा जिओपोलटिक्स् (भूराजनीति) का सम्बन्धमा बृहत्त छलफल हुने भएको छ । चलचित्रमा जिओपोलटिक्स्ले पारेको र पार्ने प्रभावमाथि सेसन केन्द्रीत हुने छ । ‘भूराजनीतिमा सिनेमाको भूमिका’ विषयक उक्त सेसनमा निर्देशक प्रकाश सायमी, राजनीतिज्ञ डा.लिला न्याइच्याईं, युनेस्कोका डा.रोशन यादव र प्रो.खड्ग केसीले आफ्नो मत र अनुभव सुनाउने छन् । ‘जिओपोलटिक्स्’ संसारमा अहिले सबैभन्दा धेरै चर्चा गरिने विषय समेत भएको छ । यस सेसेनको मध्यस्थता गर्नेछन् पत्रकार योगेश ढकालले । यो सेसन आउँदो चैत ३ (२० मार्च) गते शुक्रबारका दिन नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।
निफमा ‘ओपनिङ फिल्म’ को रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन हुनेछ । कार्यक्रमको सो कार्यक्रमको उद्घाटन सिभिल मल सुन्धारामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट हुने आयोजक संस्थाका अध्यक्ष केपी पाठकले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीम विराग प्रतिष्ठानद्वारा विभिन्न विधाका ११ जना सम्मानित
-
आर्मी र बागमती आईटीएफ तेक्वान्दो च्याम्पियन
-
‘अध्यादेश पास गराउन सत्तारुढ दल सांसद खरिदतिर लागे’
-
प्रथम सुनगाभा सैनामैना गोल्ड कपको तयारी पूरा
-
गठबन्धन सरकार संविधान कार्यान्वयनमा केन्द्रित छ : गगन थापा
-
विद्यालयले अनधिकृत शुल्क लिएको भन्दै अभिभावकको विरोध