कासेमिरोले रातो कार्ड पाउँदा रोकियो युनाइटेड
सोमबार, २९ फागुन २०७९, १६ : २९

लण्डन । १० खेलाडीमा सीमित म्यानचेस्टर युनाइटेड आफ्नो घरेलु मैदानमा पुछारमा रहेको साउथह्याम्पटनसँग गोलरहित बराबरीमा रोकिएको छ । ब्राजिलियन मिडफिल्डर कासेमिरोले खेलको ३४ औँ मिनेटमा रातो कार्ड पाएका थिए ।
कार्लोस आल्भारेसलाई फल हानेपछि कासेमिरोलाई सुरुमा पहेँलो कार्ड देखाइएको थियो । पछि भिडियो एसिस्टेन्टको रिभ्यू पछि उनलाई रातो कार्ड देखाइयो । उनले अब ४ खेलमा प्रतिबन्धको सामना गर्नुपर्नेछ । कासेमिरोले गत महिना क्रिस्टल प्यालेसविरुद्धको खेलमा पनि रातो कार्ड पाएका थिए ।
प्रशिक्षक टेन हागले यस निर्णयविरुद्ध अपिल गर्न सक्ने बताएका छन् । प्रिमियर लिग आउन अघि ५ सय खेल खेल्दा पनि रातो कार्ड नखाएका कासेमिरोले प्रिमियर लिगमा दुई पटक रातो कार्ड पाएकोमा उनले आश्चर्य जनाएका छन् । बराबरीपछि पनि युनाइटेड लिगको तेस्रो स्थानमा कायम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला