कानुन छैन, समाजले पनि मान्दैन !
रुपन्देहीको भैरहवाकी २२ वर्षीया स्वस्तिका नेपाली र कञ्चनपुर महेन्द्रनगरका २३ वर्षीय चन्द्रसिंह कार्की प्रेमी–प्रेमीकाका रूपमा लिभिङ टुगेदर (सँगै बसोबास गर्ने जोडी) बस्न थालेको तीन वर्ष भयो । प्रेमी–प्रेमिकाबाट दम्पती बनेर सँगै जीवन बिताउने सपना साँचेको यो जोडीलाई न परिवार र समाजले इजाजत दिन्छ न त कानुनी मान्यता पाउने कुनै आधार नै बनेको छ । पारिवारिक तथा कानुनी झमेलाबाट उत्पन्न हुने परिस्थितिले कतिबेला सम्बन्धमा दरार उत्पन्न हुने हो भन्ने चिन्ताले दुवैको दैनिकी बित्ने गरेको छ ।
सामाजिक बहिष्करण र आफ्नै परिवारबाट लैङ्गिक तथा जातीय विभेदमा परेको यो जोडी दैनिक कुनै न कुनै प्रकारले यौनहिंसा भोग्न बाध्य छ । दलित समुदायकी स्वस्तिका क्षेत्री समुदायका चन्द्रसिंह कार्कीमाथि लैङ्गिक विभेद मात्र हैन जातीय विभेदका कारण परिवारले घर प्रवेशमा नै रोक लगाएको छ ।
सर्लाहीकी सम्झना विक र काठमाडौैँ चाबहिलकी जेसिका गौतमको सम्बन्ध पनि प्रेमी–प्रेमिका नै हो । तर चार वर्ष पहिले चिनजान भई सँगै बस्दै आएको यो जोडीलाई परिवारले अलग गर्ने अनेक प्रयास ग¥यो ।
सम्झनालाई उनको परिवारले जेसिकाबाट छुटाएर सर्लाही लग्यो तर उनीहरू टाढा हुन नसकेर एक हप्तामा नै काठमाडौँ फर्किए । एकअर्काबाट छुट्नै नसक्ने सम्झना र जेसिकाको प्रेम देखेर दुवैको परिवारले सम्बन्ध स्वीकार गर्ने सङ्केतसम्म गरेको सम्झना बताउछिन् ।
परिवारले सम्बन्ध स्वीकार गरे पनि कानुनले मान्यता कहिले दिन्छ यकिन गर्न मुस्किल छ । २० वर्षदेखि लिभिङ टुगेदरमा रहेकी लक्ष्मी घलान जोडीको कथा पनि उस्तै हो । सँगै बसेर जीवन त बित्ला तर पति–पत्नीका रूपमा परिवारबाट पाउनुपर्ने मान्यता र कानुनी रूपमा पैतृक सम्पत्तिमाथिको हकदाबी गर्न यो जोडी विमुख छ ।
यसबाहेक परिवारमा आइपर्ने उतारचढावका कारण यी दुईको सम्बन्धमा दरार उत्पन्न भए कहाँ जाने र के गर्ने भन्ने अन्योल छ । लक्ष्मी घलान भन्छिन्, महिला र पुरुषको सम्बन्धलाई कानुनले मान्यता दिएको छ । त्यसो भए हामीजस्ता लाखौँ सङ्ख्यामा रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (तेस्रो लिङ्गी) समुदायको अधिकार खोइ त ?' यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलिया भट्टले किशोर कुमारलाई नचिनेपछि...
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने