जहाँ पालिकाले तिरिदिन्छ बिजुलीको महसुल

पोखरा । कालीगण्डकी गाउँपालिका स्याङ्जा जिल्लाको पश्चिम क्षेत्रमा पर्छ । करिब २५ हजार जनसंख्या रहेको यो गाउँपालिकामा ७ वडा छन् । सुन्दा अचम्म लाग्न सक्छ, यो गाउँपालिकामा बसोबास गर्ने नागरिकहरूले विद्युत् महसुल तिर्नु पर्दैन ।
गाउँपालिका अध्यक्ष खिमबहादुर थापाका अनुसार पालिकामा न्यूनतम विद्युत् शुल्क पालिकाले नै तिरिदिन्छ । देशकै ठूलोमध्येको कालीगण्डकी जलविद्युत परियोजना पालिकाको मिर्मी नजिकै पर्छ । यद्यपि यसअघि त्यहाँका नागरिकले विद्युत् महसुल तिर्दै आएका थिए ।
०७४ सालमा निर्वाचन भएर आएका जनप्रतिनिधिहरुले विद्युत् चुहावट र स्थानीय नागरिकको महसुल र नागरिकको आर्थिक अवस्थालाई मध्यनजर गर्दै न्यूनतम शुल्क पालिकाले नै तिर्दै आएको अध्यक्ष थापाले बताए ।
‘पृथ्वीसुब्बा गुरुङ नेतृत्वको तत्कालीन गण्डकी सरकारले उज्यालो गण्डकी प्रदेश घोषणा ग¥यो । हामीले पनि सबै वडामा बत्ती पु¥यायौं । हामीले सोच्यौं, यहाँ न्यूनतम विद्युत् शुल्क तिर्न पनि नसक्ने हुनसक्छन्, त्यसैले गाउँपालिकाले महसुल तिरिदिने निर्णय ग¥योे । कालीगण्डकीवासीले न्यूनतम विद्युतको शुल्क तिर्नु पर्दैन, पालिकाले तिरिदिन्छ,’ अध्यक्ष थापाले भने ।
अध्यक्ष थापा दोहोरिएर पालिकामा निर्वाचित भएका हुन् । उनका अनुसार पाँच वर्षमा पालिकाले विकास खर्च ७ अर्ब बजेट छुट्याएकोमा ५ अर्ब विकास खर्च गरिसकिएको बताए । ‘यो आर्थिक वर्षसम्म आइपुग्दा ५ अर्ब खर्च भइसक्यो । पालिकाले चालु आर्थिक वर्षमा ७ अर्ब बजेट विनियोजन गरेको थियो, उनले भने, ‘यो मसान्तमा सबै खर्च गर्ने योजना छ ।’
पालिकाले सडक बत्ती सञ्चालन र २० युनिटसम्म विद्युत् महसुल विद्युत् छुट् गर्ने बजेटमै छुट्याएको छ । २०७८ वैशाख महिनादेखि गाउँपालिकाभित्र निःशुल्क उपलब्ध गराउने नीति अनुरुप ४ हजार ६ सय १० घरधुरीलाई गाउँपालिकाबाट विद्युतको न्यूनतम महशुल भुक्तानी गर्दै आइरहेको पालिका अध्यक्ष थापाले बताए ।
‘पालिकाले यो आर्थिक वर्षमा न्यूनतम विद्युत् महसुल बापत करिब १७ लाखभन्दा बढी रकम तिरेको छ । हाललाई न्यूनतम विद्युत् मार्फत एक परिवारलाई ३० रुपैयाँ रहे पनि यसको दायरा बढाउँदै लैजान्छौं,’ अध्यक्ष थापाले भने ।
पालिकामा ४८ सयभन्दा बढी घरधुरी छन् । गत वर्ष ३७ वटा घर परिवारलाई पालिकाबाट अनुदानमा गोबर ग्यास प्लान्ट निर्माण गरिदिएको छ । चालु आर्थिक वर्षमा २५ परिवारमा निर्माण गर्ने लक्ष्य लिएको थापाले बताए । पालिकाले सडक बत्ती पनि सञ्चालनमा ल्याएर यसबापत रकम पनि भुक्तानी गर्दै आएको उनको भनाइ छ ।
पालिकामा रहेको राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी हाइड्रोपावरले पनि गाउँपालिकालाई रोयल्टी बुझाउँदै आएको छ । पालिकाका प्रमुख प्रशासकीय प्रमुख देवेन्द्र पाण्डेयका अनुसार गत आर्थिक वर्षमा कालीगण्डकी जलविद्युत आयोजनाबाट ५ करोड रोयल्टी आएको थियो ।
पालिकाले चालु आर्थिक वर्षमा सबै घरधुरीमा ‘एक घर एक धारा’ अभियान सम्पन्न गर्ने उद्देश्य राखेकोमा चालु आर्थिक वर्षसमम ३ हजार ८१५ धरधुरी धारा जडान गरिसकेको उल्लेख गरेको छ । अघिल्लो ५ वर्षमा ५० किलोमिटर बाटो पिच गर्ने घोषणा गरिएकोमा २२ किलोमिटर पिच गरिएको प्रशासकीय प्रमुख पाण्डेय सुनाए ।
पालिकाले आउँदो वर्ष ४२ किलोमिटर पिच गर्ने लक्ष्य लिएको उनको भनाइ छ । पालिकाले चालु आर्थिक वर्षमा ५५ करोड ६५ लाख बजेट विनियोजन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त