सुनसरीमा सफारीको ठक्करबाट एक महिलाको मृत्यु
आइतबार, २८ फागुन २०७९, १८ : ००

सुनसरी । आइतबार सुनसरीमा सवारी दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको ईटहरी उपमहानगरपालिका–२ हलगढास्थित सडकमा को १ ह ५६०५ नम्बरको सफारीको ठक्करबाट पैदलयात्री ६८ वर्षीया पुण्यमाया काफ्लेको निधन भएको हो । सफारीको ठक्करबाट गम्भीर घाइते भएकी उनको बिराट नर्सिङ होम
बिराटनगरमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको छ ।
दुर्घटनापछि सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको बताएको छ ।