रक्सी खाएर गाडी चलाउला भनेर छोराको बीएमडब्ल्यूमा बुवाले गरिदिए तोडफोड

रक्सी खाएका छोराले गाडी चलाउने हो कि भनेर चिन्तित एक बुवाले छोराको बीएमडब्ल्यूमा तोडफोड गरिदिएका छन् । स्पेनका एक व्यक्तिले रक्सीले मातेका छोराले गाडी चलाएर दुर्घटना हुने हो कि भन्ने चिन्ताले कारको झ्याल फुटाइदिए भने कुटोले कारमा क्षति पुर्याइदिएका छन् ।
आफ्ना छोराछोरीप्रति बुवाको प्रेम धेरै बलियो हुन्छ तर यो असाधारण तरिकाले उजागर हुन सक्छ । स्पेनका लगरोनका ६० वर्षका यी व्यक्तिकै उदाहरण लिऔँ । रक्सीले मातेको छोराले गाडी चलाएर कुनै अप्रिय घटना घटित हुने हो कि भन्ने चिन्ताले उनलाई धेरै सतायो तसर्थ उनले गाडीमा तोडफोड गरिदिए ।
अडिटी सेन्ट्रलका अनुसार करिब एक हप्ता अघि स्थानीय प्रहरीले सार्वजनिक स्थलमा पार्क गरिएको गाडीमा तोडफोड भइरहेको छ भन्ने खबर पाए । तत्काल घटनास्थलमा जाँदा प्रहरीले सेतो भ्यान भागिरहेको देखे । प्रहरीले उक्त भ्यानलाई समात्न सफल भयो । उक्त भ्यानभित्र एक वृद्ध र रक्सीले मातेका पुरुष देखे ।
दुई जनालाई सोधपुछ गरेपछि प्रहरीले ती दुई बाउ–छोरा भएको र त्यही भ्यान चलाउने ६० वर्षे वृद्धले बीएमडब्ल्यू तोडफोड गरेको थाहा पाए । तर उक्त बीएमडब्ल्यू उनकै ३२ वर्षे छोराको भएको थाहा पाउँदा प्रहरी चकित परे । वृद्धले प्रहरीसँगको कुराकानीमा आफूले छोरालाई रक्सी खाएर गाडी नचलाऊ भनेर धेरै सम्झाउँदा पनि नमानेका कारण ठुलै दुर्घटना हुने हो कि भन्ने चिन्ताले कारमा तोडफोड गरेर बताए ।
छोरासँग ठुलै विवाद भएपछि ती वृद्धले कुटोले बीएमडब्ल्यूको सिसा फुटाइदिए, टायर पन्चर गरिदिए र धातुले बनेको कारमा क्षति पुर्याए । प्रहरीको साइरन बजेको सुनेपछि ती वृद्धले छोरालाई भ्यानमा राखेर घटनास्थलबाट भाग्न खोजेको पनि बताए ।
‘घटना अघिल्लो हप्ता आइतबार (२१ फागुन) को हो । सार्वजनिक स्थलमा टिलिक्कको कारलाई कुटोले तोडफोड गरिरहेको देख्ने प्रत्यक्षदर्शीलाई प्रहरीलाई सूचना दिएकोमा धन्यवाद दिन चाहन्छौँ,’ प्रहरी स्रोतले भनेको छ ।
यो घटनामा ती वृद्धले केही परिणाम भोगे–नभोगेको स्पष्ट नभए पनि प्रहरीले यस घटनाबारे भने ट्विटरमा जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश प्रमुखद्वारा ५ वटा विधेयक प्रमाणीकरण (सूचीसहित)
-
लागुऔषध मुद्दामा गाउँपालिका अध्यक्षलाई एक वर्ष जेल र दुई लाख जरिवाना
-
फागुन शुक्ल पूर्णिमाः हिमाली र पहाडी जिल्लामा मनाइयो होली पर्व
-
उच्च अदालतको फैसला- अब रवि र छविको मुद्दा एकैसाथ हेरिने
-
भक्तपुरमा तीव्र गतिको गाडी दुर्घटना, ८ जना घाइते
-
पर्साको बालसुधार गृहमा होली मनाइयो