माओवादी धारका तीन दलले बहिष्कार गरे पत्रकार सम्मेलन

काठमाडौँ । माओवादी धारका नौ दलमध्ये तीन दलले पत्रकार सम्मेलन बहिस्कार गरेका छन् । माओवादी धारका मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत र गोपाल किराती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टीले पत्रकार सम्मेलन बहिष्कार गरेका हुन् ।
माओवादी धारको यसअघि बसेको बैठकले संयुक्त पत्रकार सम्मेलन र अन्तर्क्रिया गर्ने निर्णय गरेका थिए । तर, आज भएको संयुक्त पत्रकार सम्मेलनमा भने तीन माओवादी धारका नेताहरु अनुपस्थित भए । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले माओवादी धारका ९ जना नेता आउने भनिए पनि अन्तिममा तीन पार्टीका नेता नआएको बताए ।
‘आजको पत्रकार सम्मेलनमा सबै माओवादी धारका नेताहरु आउने भन्ने सहमति भएको थियो’ पौडेलले भने, ‘अन्तिमा उहाँहरुले कार्यव्यस्तताले आउन सकिएन भन्नुभयो । खै व्यस्त भएर नआउनु भएको हुनसक्छ ।’ तर, नेकपा बहुमतका अध्यक्ष धर्मेन्द्र बास्तालाले असहमति भएकाले पत्रकार सम्मेलनमा सहभागी नभएको प्रतिक्रिया दिए । ‘संयुक्त अपिल हामीले भने जस्तो बनाउन खोज्यौं । बनाउन सम्भव पनि भएन’ बास्तोलाले भने, ‘संयुक्त अपिल नै झन कन्फ्यूजन हुने खालको हुने भएपछि पत्रकार सम्मेलन बहिष्कार गरेका हौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
वैशाख अन्तिममा जुम्ला-रारा अल्ट्रा म्याराथन
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार