साउदीको तेल कम्पनी अरामकोको १६१.१ अर्ब डलरको रेकर्ड नाफा

साउदी अरबको तेल कम्पनी अरामकोले सन् २०२२ मा १६१.१ अर्ब डलरको कीर्तिमानी कुल नाफा कमाएको आइतबार जानकारी दिएको छ ।
समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार अघिल्लो वर्षको तुलनामा यसमा ४६ प्रतिशतले वृद्धि भएको हो ।
यो कीर्तिमान नाफाको कारण तेलको उच्च मूल्य, उच्च बिक्री र प्रशोधित उत्पादनको मार्जिनमा भएको वृद्धि रहेको बताइएको छ ।
फेब्रुअरीमा, जब तेल व्यवसायमा अन्य ठुला कम्पनीहरूले आफ्नो ब्यालेन्स सिट सार्वजनिक गरे, त्यति बेला पनि यस्तै ट्रेन्ड देखिएको थियो ।
यसमा गत वर्ष रेकर्ड नाफा घोषणा गर्ने ब्रिटिस पेट्रोलियम, एक्सन मोबिल र शेभरन जस्ता कम्पनीहरू पर्छन् ।
समाचार एजेन्सी एएफपीको रिपोर्ट अनुसार रुसले युक्रेनमा गरेको आक्रमणका कारण जसरी तेलको मूल्य बढेको छ, त्यसबाट विश्वको सबैभन्दा ठुलो तेल निर्यात गर्ने कम्पनीलाई फाइदा भएको छ ।
एप्पल पछि विश्वको दोस्रो ठुलो कम्पनी मुख्यतया सरकारी स्वामित्वको कम्पनी हो ।
साउदी स्टक एक्सचेन्जलाई दिएको जानकारीमा अरामकोले सन् २०२२ मा १६१.०७ बिलियन डलर कमाएको बताएको छ । गत वर्ष यो आम्दानी ११० अर्ब डलर थियो ।
चौथो त्रैमासिकका लागि अरामकोले पनि १९.५ अर्ब डलरको लाभांश घोषणा गरेको छ, जुन अघिल्लो त्रैमासिकको तुलनामा चार प्रतिशत बढी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनप्रदर्शनलाई अवरोध गर्ने मूर्खतापूर्ण काम नगर्न मोर्चाको चेतावनी
-
ललितपुरको इमाडोलमा शव फेला
-
कांग्रेस स्थानीय तहका प्रमुख/उपप्रमुखको एकै स्वरः शिक्षा विधेयक चालु अधिवेशनबाटै ल्याउनुपर्छ
-
आन्दोलन फिर्ता लिन शिक्षकहरूलाई शिक्षामन्त्रीको आग्रह
-
फेरि बढाइयो सिमेन्टको मूल्य
-
सर्लाहीको गेस्ट हाउसमा भारतीय महिला मृत फेला, सुसाइड नोट भेटियो