शान्तिप्रति विचलित छैनौं तर द्वन्द्वमा धकेल्ने प्रयास भइरहेको छ : नेता महरा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले आफूहरू शान्ति प्रक्रियाप्रति प्रतिबद्ध भएपनि द्वन्द्वका केही घटनालाई लिएर पुनः मुलुकलाई द्वन्द्वमा फर्काउने षड्यन्त्र भइरहेको बताएका छन् ।
आइतबार माओवादी धारका नौ वटा कम्युनिस्ट पार्टीहरुको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै नेता महराले आफूहरू शान्ति प्रक्रियाप्रति प्रतिबद्ध रहेकाले राज्यको पुर्नसंरचनाको पक्षमा लागिरहेको बताए ।
‘यो लडाई अग्रगमन र पश्गमनबीचको लडाइँ हो । केही शाक्तिहरु राज्यको पुर्नसंरचना होइन प्रतिगमनको दिशामा मुलुकलाई लैजान चाहान्छन्’, महराले भने, ‘फेरि मुलुकलाई पछाडि धकेल्ने कि ? अग्रगमनमा लैजाने भन्ने कुरा प्रमुख विषय हो ।’
उनले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा रहेको मुद्दा कुनै व्यक्ति विशेषको नभएको पनि बताए ।
‘यो मुद्दा त एउटा प्रशंगमात्र हो, तर योसँग सम्बन्धित राज्यलाई अघि बढाउने कि पछि धकेल्ने भन्नेसँग जोडिएको छ’, उनले भने, ‘हामी शान्ति चाहन्छौ र शान्तिप्रति विचलित छैनौं । तर राज्यको पुर्नसंरचना हुनुपर्छ, जनतामा भएको भेदभाव मेटिने किसिमले राज्य पुर्नसंसरचना नहुने हो भने यो द्वन्द्व निम्तिरहन्छ ।’
उनले आफूहरुले द्वन्द्व निम्त्याउन नचाहेको भन्दै शान्तिपूर्ण तरिकाले राज्यको पुनरसंचना होस् र जनताका समस्या सम्बोधन होउन् भन्दा षड्यन्त्रहरु हुन थालेको बताए ।
उनले आफूहरूलाई जनताको विश्वास र समर्थन रहेकाले त्यस्ता षड्यन्त्रहरु परास्त गरिने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पासपोर्ट नवीकरण सहज बन्दै
-
सङ्घीय निजामती सेवा ऐनको शीघ्र निर्माणको माग गर्दै लुम्बिनीका चार कर्मचारी सङ्गठनद्वारा ज्ञापन पत्र
-
बालुवाटारमा सुरु भयो मन्त्रिपरिषद् बैठक, शिक्षक आन्दोलनबारे के होला निर्णय ?
-
शिक्षामन्त्रीको राजीनामासँगै दबाबमा प्रधानमन्त्री
-
उपसचिव हुँ भन्दै ठगी गर्ने एक महिला पक्राउ
-
तत्काल प्रमुख निर्वाचन आयुक्त नियुक्त नगर्ने ओलीको ‘मुड’