एक्साइडको नँया ब्याट्री नेपाली बजारमा
आइतबार, २८ फागुन २०७९, १४ : ५२

काठमाडौं । विश्व प्रसिद्ध एक्साइड ब्राण्डको एक्सप्लोर नामक नयाँ ब्याट्री नेपाली बजारमा सार्वजनिक गरिएको छ । सबै प्रकारका मोटरसाइकलाई लक्षित गर्दै सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले यसको विक्री वितरण आरम्भ गरेको हो । नेपालको सडक एवं हावापानी सुहाउँदो एक्सप्लोर ब्याट्री विशिष्ठ गुणहरु एवं विशेषताहरुले सम्पन्न भएको कम्पनीको दाबी छ ।
कम्पनीको अनुसार ‘स्पिल प्र्रुफ’ डिजाइन गार्ड, ग्यास रिकम्बीनेसन प्रणाली, एवं लिड क्याल्सिएम प्रविधि जस्ता अत्याधुनिक विशेषताहरु भएको ब्याट्रीमा पानी कहिल्यै थप्नु पर्दैन । फ्याक्ट्रीबाट नै चार्ज भएर आउने एक्सप्लोरको डब्बामा पोली प्रोपिलिन प्लास्टिक र सिन्थेटिक रेजिनको प्रयोग गरिएको छ ।
४८ महिना लामो वारेन्टी भएको ब्याट्रीमा मर्मत सम्भारको झन्झट समेत नभएको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा हुने अवार्डको काठमाडौँमा घोषणा
-
एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी
-
लन टेनिस प्रतियोगिताको उपाधि सुनिरा थापालाई
-
भारतको केआईआईटीबाट १ सयभन्दा धेरै विद्यार्थी नेपाल फर्किए
-
आफ्नो देशको क्रिकेट बोर्डभन्दा धनी छन् न्युजिल्यान्डका यी खेलाडी !
-
२०८२ सालमा व्रतबन्धको साइत ८ दिन मात्र, विवाहको कति ?