ममता झाले उम्मेदवारी फिर्ता नलिने !

काठमाडौँ । जनमत पार्टीले उपराष्ट्रपतिमा दिएको उम्मेदवारी फिर्ता नलिने भएको छ । सत्ता गठबन्धनमा रहेको जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिमा उम्मेदवार बनाएको छ । झालाई गठबन्धनकै लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले साथ दिएको छ । ममता झाको समर्थक र प्रस्तावक जनमत, लोसपा र उन्मुक्ति पार्टी बसेका छन् ।
सिंहदरवारमा बसिरहेको गठबन्धनको बैठकमा जनमतलाई उम्मेदवारी फिर्ता लिन भनिएको तर फिर्ता लिन तयार नभएको स्रोतले जनाएको छ । जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्र नारायण यादवले ममता झाले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने बताए । उनले अझै पनि पुरुष उम्मेदवारको विरुद्ध मुद्दा पर्ने सम्भावना रहेका कारण ममता झाको उम्मेदवारी कायम रहने बताए ।
‘गठबन्धनले के निर्णय गर्छ, कसलाई समर्थन गर्छ त्यो आफूलाई थाह भएन तर जनमत पार्टीले आफ्नो उम्मेदवारको उम्मेदवारी फिर्ता लिँदैन’ उनले स्पष्ट गरे । अहिले सिंहदरवारमा गठबन्धनको बैठक चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशजीको बार आज कसलाई कति फलदायी ?
-
देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?
-
कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको दरभाउ ?
-
कर्णालीका ७१८ वडालाई वर्गीकरण गरेर विषादी प्रयोगमा कडाई
-
ला लिगामा सेल्टा भिगो र लस पल्मसले अंक बाँडे
-
धर्नामा बसेका कर्मचारीको आँखा छलेर मध्यरातमा प्रदेश निजामती विधेयक पारित