आईसीसी विश्वकप लिग–२
दिपेन्द्रले दिलाए नेपाललाई दोस्रो सफलता
आइतबार, २८ फागुन २०७९, १४ : ०३

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध दोस्रो विकेट लिएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले तेस्रो ओभरमा आफ्नो दोस्रो विकेट गुमाएको हो ।
नेपालका दिपेन्द्र सिंह ऐरीले दोस्रो विकेट लिएका हुन् । उनले यूएईका आर्यन लाकरलाई तेस्रो ओभरको चौथो बलमा बोल्ड आउट गराए । यसअघि नेपालका लागि पहिलो ओभरमा ललित नारायण राजवंसीले यूएईका भ्रिटिय अर्भिन्दलाई बोल्ड आउट गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण
-
१० बजे १० समाचार : सदनमा लफडा, क्याम्पसमा तोडफोड
-
राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छ : अध्यक्ष भट्टराई
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम
-
आरआर क्याम्पसमा एमाले र समाजवादीबिच चुनावी तालमेल