उपराष्ट्रपतिबारे टुंगो लगाउन गठबन्धनको बैठक बस्दै

काठमाडौँ । उपराष्ट्रपतिको विषयमा टुंगो लगाउन १० दलीय गठबन्धनको बैठक सिंहदरवारमा बस्न लागेको हो । सत्ता गठबन्धनबाट नै उपराष्ट्रपतिमा तीनजना उम्मेदवार भएका छन् । त्यसको विषयमा छिनोफानो गर्नका लागि गठबन्धनको बैठक बस्न लागेको जसपाका कार्यकारिणी सदस्य राजकिशोर यादवले बताए ।
उनले भने, ‘गठबन्धनबाट उपराष्ट्रपतिका एकजना मात्र उम्मेदवार रहनेछ, त्यसका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।’ सत्ता गठबन्धनको उम्मेदवार रामसहाय यादव हुन् । प्रमिला यादव र ममता झाले उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता लिने उनले दावी गरे ।
तर जनमत पार्टीका अध्यक्ष डा.सिके. राउतले शनिबार गठबन्धनमा निर्णय भएपनि मित्रवत प्रतिस्पर्धाका लागि ममता झाको उम्मेदवारी कायम रहने जानकारी दिएका थिए । निर्वाचन अधिकृतको कार्यालयले जसपाबाट उपराष्ट्रपतिको उम्मेदवार बनेका रामसहाय यादवको उम्मेदवारी कायम रहने निर्णय गरिसकेको छ । त्यसले गर्दा गठबन्धनलाई उपराष्ट्रपतिको विषयमा निर्णय लिन भने सजिलो हुने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किर्तिपुरस्थित क्रिकेट मैदान निर्माण कार्यको निरिक्षण अब मन्त्रालयबाटै
-
तीनकुनेको प्रदर्शनमा घाइते भएका १७ जनाको उपचार हुँदै, गोली लागेका ३ जना
-
इजरायलको चेतावनीपछि रफाहका बासिन्दाको भागाभाग
-
चेल्सीका युवा मिडफिल्डर एन्जोलाई भित्र्याउने योजनामा रियल म्याड्रिड
-
सविन महर्जनलाई एउटा गोली लागेको पोस्टमार्टम रिपोर्ट
-
प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको विस्तृत आधार र ढाँचा स्वीकृत