सरकारसँग ९ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने विदेशी मुद्राको सञ्चिति
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सरकारी ढुकुटीमा अधिकतम ९.४ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने विदेशी मुद्राको सञ्चिति रहेको जनाएको छ । केन्द्रीय बैंकले माघ मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै ढुकुटीमा कुल १३ खर्ब ८३ अर्ब ३३ करोड रुपैयाँ सञ्चिति रहेको जनाएको हो ।
जुन गत असार मसान्तको भन्दा १३.८ प्रतिशतले बढी हो । गत असार, २०७९ मा यस्तो विदेशी मुद्राको सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ माघ मसान्तमा १६.२ प्रतिशतले वृद्धि भई रु.१२२८ अर्ब ५ करोड पुगेको छ ।
यस्तै, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु. १५९ अर्ब ४१ करोड रहेकोमा २०७९ माघ मसान्तमा २.६ प्रतिशतले कमी आई रु.१५५ अर्ब २८ करोड कायम भएको छ । २०७९ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.४ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०७९/८० को सात महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १०.८ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको केन्द्रीय बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हद तोक्न गण्डकीबाट बहुमत
-
१० बजे, १० समाचार : दीक्षान्तमा पदक पाउने छात्रा धेरै, ओलीलाई घनश्यामको सुझाव
-
पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्छु : मन्त्री गुरुङ
-
वैद्यको स्वास्थ्य अवस्थाबारे क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा जानकारी
-
हेल्प नेपाल नेटवर्कको २५औँ वार्षिकोत्सव सम्पन्न
-
विराटनगरमा महिला कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलन