चेल्सीको लगातार तेस्रो जीत

लण्डन । लगातार तेस्रो जीत हासिल गर्दै चेल्सीले प्रिमियर लिगमा आफ्नो पुनरागमन जारी राखेको छ । शनिबार चेल्सीले लेस्टर सिटीलाई ३–१ गोलले हरायो । लेस्टरको यो लगातार पाँचौँ पराजित थियो ।
खेलको ११ औँ मिनेटमा बेन चिलवेलले चेल्सीलाई अग्रता दिलाएका थिए । तर प्याटसन डाकाले लेस्टरका लागि बराबरी गोल फर्काएका थिए । पहिलो हाफको इन्जुरीमा समयमा काई हाभर्टजले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । सबै प्रतियोगितामा ८ गोल गरेका हाभर्टज यो सिजन चेल्सीका सर्वाधिक गोलकर्ता हुन् ।
दोस्रो हाफमा मोटेयो कोभाचिचले चेल्सीलाई तेस्रो गोल गर्दै जीत सुनिश्चित गरे । खेलको ८७ औँ मिनेटमा वोट फेइसले दोस्रो पहेँलो कार्ड पाएपछि लेस्टर १० खेलाडीमा सीमित बनेको थियो ।
जीतसँगै चेल्सी ३७ अंकसहित लिगको १० औँ स्थानमा कायम छ भने लेस्टर २४ अंकसहित रेलिगेसन क्षेत्रभन्दा मात्र १ अंकले बाहिर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्वालालाई ३ दिनभित्र बयानका लागि उपस्थित हुन सर्वोच्चको आदेश
-
सहकार्यमा धोका भएको भन्दै एमाले निकट ११ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता
-
मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, २ जना घाइते
-
हेटौँडा अस्पतालको बोर्डबाट युवाहरूले प्रतिष्ठानको नाम मेटाए
-
प्रेम सम्बन्धमा दरार आएपछि पुरुषको चरित्र हत्या, पक्राउ परिन् युवती
-
बोडेको जिब्रो छेड्ने परम्परा : आस्था, पीडा र पुनर्विचार